अवैध लागूऔषध सहित पक्राउ
२०७९-०६-२३
- A
- A-
- A+
झापा, भद्रपुर नगरपालिका-४ डांगीबारी पोखरी छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित सोही नगरपालिका-४ पाँचकठ्ठे बस्ने २० वर्षीय अनिल तामाङ लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहस्थित चेकपोईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्राम सहित सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २४ वर्षीय मेराज अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ४० के २६८० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ ।