प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खलिरहेको अवस्थामा १३ जना पक्राउ

२०८०-०७-२०

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्लु स्टार होटलमा जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ घर भएका ३५ वर्षीय हेमराज अवस्थी समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हहार ६ सय ५६ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-१० भृकुटिनगर बस्ने निर्मल थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय आकाश सिंह ठकुरी समेत १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार