प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०३-३१

  • A
  • A-
  • A+
Share

तनहुँ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका-५ वाङटेङटार बस्ने ४३ वर्षीय चित्र बहादुर कामी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बालिकालाई असार १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवघाट गाउँपालिका-३ गोन्द्राङ बस्ने ६५ वर्षीय  झाम्टे थापालाई गएराति प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई सोही ठाउँस्थित मकै बारीमा बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार