प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राईफल एक थान र मृगको मासुसहित एक जना पक्राउ

२०८०-१०-१९

  • A
  • A-
  • A+
Share

सप्तरी, हनुमाननगर कंकालनी नगरपालिका-२ वैष्णोदेवी मन्दिर नजिकबाट मेगनम (राईफल) १ थान, त्यसको गोली ४१ थान, म्यागजिन २ थान, गन स्टेन १ थान,  क्यामेरा १ थान,  पावर बैंक १ थान, मोवाइल १ थान, लाईट १ थान,  मृगको जस्तो देखिने मासु करिब ३५ किलो र दूरविन १ थानसहित राजबिराज गरपालिका-५ बस्ने ४६ वर्षीय शैलेस कुमार झालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई हातहतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार