स्रोत नखुलेको भारतीय नगद सहित पक्राउ
२०७९-०७-१६
- A
- A-
- A+
कपिलवस्तु, यशोधरा गाउँपालिका-७ मर्यादपुरबाट स्रोत नखुलेको भारतीय रुपैयाँ ५ लाख ५२ हजार ७८ सय नगद सहित अर्घाखाँची सन्धिखर्क नगरपालिका-१ मिडिया चोक बस्ने ३९ वर्षीय मुक्ति खनाललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले तौलिहवाबाट मर्यादपुरतर्फ आउँदै गरेको लु.१६ प ४११७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक खनाललाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।