अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०४-१४
- A
- A-
- A+
झापा, भद्रपुर नगरपालिका-३ झुलुङ्गे पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४४ मिलिग्राम सहित हल्दिबारी गाउँपालिका-२ बस्ने २३ वर्षीय राजिब कुमार राजवंशीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प २५८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ४० मिलिग्राम सहित भारत बहराईज मोतिपुर थाना बलेगाउँ बस्ने ५० वर्षीया जगदैया देवी थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेकी उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।