जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०४-०७
- A
- A-
- A+
सिरहा, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्नमा गाउँपालिका-२ ब्रहमपुरी बस्ने ४५ वर्षीय कालेश्वर महतो कोईरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कोईरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अर्नमाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।