प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७९-०४-०२

  • A
  • A-
  • A+
Share

धनकुटा, साँगुरीगढी गाउँपालिका-७ फेदीबाट करिब १८ केजी अवैध लागूऔषध गाँजा सहित तेह्रथुम छथर गाउँपालिका-२ बस्ने ३२ वर्षीय गोविन्द लिम्बु समेत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्र.१-०२-००१ ख ८७२० नम्बरको बसलाई प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उक्त बस र चालकलाई समेत आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको   छ । 

बाँके, नेपालगंज उपमहानगरपालिका-१४ चौलिका चोकबाट १ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय अन्जन खाँ, सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २६ वर्षीय दिलदार अन्सारी र २८ वर्षीय ईर्फान जोलाह रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले अन्जन खाँको घरबाट उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-९ लाटीकोईलीबाट ४ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कालीकोट माहाबै गाउँपालिका-३ घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ बस्ने २४ वर्षीय दिपेन्द्र सिहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८१-०१-०३

दाङ, गढवा गाउँपालिका-८ कोईलावासबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ किलो ८ सय २० ग्रामसहित घोराही उपमहानगरपलिका-१३ डुमरगाउँ बस्ने ४१ वर्षीया सुकमाया बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । झापा, कमल गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम र नगद २५ हजार रुपैयाँसहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय हिक्मत धिमाल, २७ वर्षीय सुदिप धिमाल, सोही गाउँपालिका-६ बस्ने २५ वर्षीय न्युसन राई र सोही नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । हिक्मतको घरमा लागूऔषध बिक्री हुने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।सुनसरी, इटहरी उपमहानगरपालिका-१२ शान्ति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलिग्रामसहित भारत बिहार राज्य अररिया कर्साकट्टा घर भई हाल मोरङ बिराटनगर महानगरपालिका-१७ रानी बस्ने मोहमद ईब्रानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले बिराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ ह ९६०७ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी चालक मोहमदलाई पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६  रजतजयन्ती चोकबाट अवैध लागूऔषधसहित २ जनालाई  आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय सुगम श्रेष्ठ र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१४ बस्ने २८ वर्षीय दिनेश नेगी रहेका छन् । प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सुगमलाई नियन्त्रित लागूऔषध फेनारगन ५ एम्पुल, डाइजेपाम ५ एम्पुल र नुर्फिन ५ एम्पुल तथा दिनेशलाई अवैध लागूऔषध खैरौ हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ९० मिलिग्रामसहित पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-३ जस बहादुर घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-३ अमैरी बस्ने २२ वर्षीय प्रदिप चौधरी र १९ वर्षीया अस्मिता शाही रहेका छन् । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८१-०१-०२

बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ करिब ३ ग्राम ३ सय  मिलिग्रामसहित मधुबन नगरपालिका-९ गाँउ नम्बर १२ बस्ने २१ वर्षीय अर्जुन बिकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६  शंकरअचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८ सय २० मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० बस्ने २७ वर्षीय सुजन गोलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनरूवाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंज बजारतर्फ पैदल आउदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८१-०१-०२

सिरहा, सखुवानन्कारकट्टि गाउँपालिका-५ महेशबारी चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय ४० मिलिग्रामसहित सप्तरी खडक नगरपालिका-८ बस्ने ३९ वर्षीय पशुपति सरदारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले बा.८९ प ६०२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सरदारलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ किलो २ ग्रामसहित राक्शिराङ गाउँपालिका-८ कुनाले बस्ने २६ वर्षीय दिपक चेपाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.७ ख ९०३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  दाङ, गढवा गाउँपालिका-८ कोईलावासबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ किलो ८ सय २० ग्रामसहित   घोराही उपमहानगरपालिका-१३ डुमरगाँउ बस्ने ४१ वर्षीया सुकमाया बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोईलावासबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०१-०१

काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ किलोसहित चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारा बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ३७ वर्षीय अर्जुन स्याङतानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको फुड ओ क्लक क्याफेको पार्किङमा रोकी राखेको बा.१ ज ७२२६ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी ट्याक्सी चालक स्याङतानलाई पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१७ सरस्वती चोक बस्ने २६ वर्षीय सुरेश गिरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय प्यारेलाल रानालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गौरीगंगा नगरपालिका-१ चौमाला बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय समिर खड्कालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही महानगरपालिका-१५ बस्ने १९ वर्षीय प्रेम चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित ४ जना पक्राउ
२०८०-१२-३०

झापा, मेचिनगर नगरपालिका-१० धुलावारी चोक कोलोनिबाट अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-४ बस्ने २७ वर्षीय पासाङ जिम्बा र मेचिनगर  नगरपालिका-१० खयरडागि बस्ने ५६ वर्षीय शम्भु राजबंशी रहेका छन् । लागूऔषध कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै राजबंशीको घरबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय २० ग्राम, नगद ७ हजार रूपैयाँ, मोबाइल १ थान र मोटरसाइकल १ थान समेत प्रहरीले बरामद गरेको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-४ बस्ने ३४ वर्षीय प्रज्वल हराचन र काठमाडौं तारकेश्वर नगरपालिका-१६ माछापोखरी बस्ने २१ वर्षीय सुलभ तामाङ रहेका छन् । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०१-००६ ख ५२१७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८०-१२-२९

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्रामसहित खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने २० वर्षीय मनोज चदारालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले भे.१० प ७२३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक मनोजलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।यसैगरी बाँके, कोहलपुर नगरपालिका-१ सिद्धार्थ टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने दुई जना १७ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।कैलाली, गौरीगंगा नगरपालिका-२ बस्ने ३२ वर्षीय त्रिभुवन चन्दलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १ सय मिलिग्राम र नगद ४१ हजार रूपैयाँसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अत्तरीया मालाखेतीबाट खटिएको प्रहरीले उनलाई आफ्नै कोठामा लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।