स्मार्ट कार्ड लाईसेन्स रिडर हस्तान्तरण
२०७९-०७-०२
- A
- A-
- A+
काठमाडौं, यातायात व्यवस्था विभाग मिनभवन काठमाडौंबाट नेपाल प्रहरीलाई १ सय ९८ थान स्मार्ट कार्ड लाईसेन्स रिडर हस्तान्तरण गरिएको छ ।
यातायात व्यवस्था विभाग मिनभवनमा बुधबार आयोजित एक कार्यक्रमबीच सोही विभागका महानिर्देशक टोकराज पाण्डेयले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलाई उक्त लाईसेन्स रिडर हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले २१औं शताब्दीमा छिटो छरितो एवम् तथ्यमा आधारित काम कारबाही गर्न यस्ता किसिमका प्रविधी नेपाल प्रहरीलाई आवश्यक रहेको चर्चा गर्नुभयो । साथै उहाँले स्मार्ट कार्ड लाईसेन्स रिडर उपलब्ध गराइएकोमा यातायात व्यवस्था विभाग मिनभवनलाई धन्यवाद दिँदै त्यसको प्रभावकारी एवं समुचित प्रयोग गर्ने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता टेक प्रसाद राई, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरूङ लगायत प्रहरी कर्मचारीको उपस्थिती रहेको थियो ।