लुटपाटमा संलग्न दुई जना पक्राउ
२०८३-०३-२३
- A
- A-
- A+
काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-६ देउराली घर भएका ३० वर्षीय अंकितराज गिरी र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-२ शिखर आमबोटे घर भएका ३५ वर्षीय रोमन तामाङ रहेका छन् ।
काठमाडौं महानगरपालिका-३२ जडिबुटीबाट गत वैशाख ५ गते राति पेप्सिकोलातर्फ जाँदै गरेका एक जना पैदलयात्रीलाई मोटरसाइकलमा सवार २ जना व्यक्तिहरूले निर्घात कुटपिट गरी सुनको मुन्द्रा, नगद र मोबाइल समेत लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूमध्ये अंकितराजलाई काठमाडौं महानगरपालिका-३२ सिभिल अस्पतालबाट र रोमनलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ कौशलटारबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।