प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

२०८०-०७-१४

  • A
  • A-
  • A+
Share

उदयपुर, त्रियुगा नगरपालिका-१० गैरुनकाली खोलाको नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर २७ ग्राम, डिजिटल तराजु १ थान र नगद १ लाख ५४ हजार रूपैयाँसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार राज्य सुपौल भिमनगर थाना-८ बस्ने २७ वर्षीय जसबिन कुमार मण्डल र बिरपुर थाना-१२ बस्ने २७ वर्षीय सन्तोष कुमार महतो रहेका छन् । उक्त खोला नजिक रोकी राखेको  बीआर ११ पीबी १३५५ नम्बरको गाडी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गियर बक्सभित्र लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  

बारा, निजगढ नगरपालिका-९ भवरा पुलबाट अवैध लागूऔषध गाँजा ५ केजीसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा छिरेश्वर नगरपालिका-५ बस्ने ४० वर्षीय शिव कुमार महत्तो, रुपन्देही बुटवल उपमहानगरपालिका-११ बस्ने ४३ वर्षीय प्रेम कुमार श्रेष्ठ र देबदह नगरपालिका-७ बस्ने ४२ वर्षीय बिजय कुमार थापा रहेका छन् । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले लु.१ ख ८८५२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार शिव कुमार, बस चालक प्रेम कुमार र सह चालक बिजय कुमारलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८१-०७-०७

दाङ, घोराही उपमहानगरपालिका-१३ डुमरगाउँस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा, रोल्पा नगरपालिका-५ जेदवाङ बस्ने २६ वर्षीय शिवशेष महरा र बाँके कोहलपुर नगरपालिका-४ विद्यानगर घर भएका २९ वर्षीय त्रिलोक केसी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बा.प्र.०२-०३६ प २७१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-०७-०७

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध नुफिन ५ सय ९३ एम्पुल, फेनारगन ५ सय एम्पुल, र डाईजेपाम ६ सय ८८ एम्पुल सहित रौतहट गुजरा नगरपालिका-३ बलुवा घर भएका २० वर्षीय नासिम शेखलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज १९९० नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१५ अकलघरवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका बस्ने २६ वर्षीय सुसिल कुमार थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पाँचथर, फिदिम नगरपालिका-२ साम्दिनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम र मोबाइल १ थान सहित सोही नगरपालिका डेरा गरी बस्ने भोजपुर अरूण गाउँपालिका-५ घर भएकी २४ वर्षीया अर्चना राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८१-०७-०६

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ झण्डा चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र नगद ४६ हजार ५ सय ५ रूपैयाँ सहित भोजपुर हतुवागडी गाउँपालिका-७ बस्ने २३ वर्षीय समुथल राई समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले धरानबाट चतरातर्फ आउँदै गरेको को.१ ह ९३३० नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, दुहबी नगरपालिका-५ फुटबल चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ५ सय मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो १ सय २० ट्याब्लेट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-४ बस्ने ३८ वर्षीय हेमनारायण यादव र सोही उपमहानगरपालिका-३ बस्ने २९ वर्षीय विजय लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय दुहबी समेतबाट खटिएको प्रहरीले विराटनगरबाट दुहवीतर्फ आउँदै गरेको को.१८ प २२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, मायादेवी गाउँपालिका-८ सुनारटोलस्थित सरस्वती घर्ती मगरको घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका बस्ने १९ वर्षीय सागर कोईरी समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-१६ दरैया बस्ने १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-१२ मनहेरा सिविरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय नरेश राना र २८ वर्षीय सेवाराम राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८१-०७-०५

भक्तपुर, मध्यपुरठिमी नगरपालिका-४ राधेराधेस्थित द टाउन किचेन रेष्टुरेन्ट एण्ड क्याफे नजिकबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम ९ सय ८० ग्राम सहित काठमाडौं कलंकी बस्ने मकवानपुर कैलाश गाउँपालिका-६ घर भएका २४ वर्षीय सुरेन्द्र तामाङ समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  उदयपुर, बेलका नगरपालिका-९ पुष्पाञ्जली टोलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४७ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी भोक्राहा गाउँपालिका-३ बस्ने २४ वर्षीय राजारोहित यादव र २१ वर्षीय अनिस शर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले को.१६ प ४५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, बागमती नगरपालिका-१२ भरत ताल जाने सडकबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित बरहथवा नगरपालिका-९ बस्ने ४२ वर्षीय राम अयोध्या मुखियालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले ना.३० प २१७ नम्बरको मोटरसाइकल चालक रामलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।   कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६०  मिलिग्राम सहित गोदावरी नगरपालिका-१० दमौरा  बस्ने २१ वर्षीय निराजन ताम्राकारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ सदभावना टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका बस्ने २७ वर्षीय बसन्त चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-७ शान्तिपथ र सोही उपमहानगरपालिका-१५ बगरकोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ५५ क्याप्सुल, स्पास्पेन १ हजार २ सय ५५ चक्की  डिकोलिक ७० चक्की र नगद २ हजार ६ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने २२ वर्षीय गौरव चौहान समेत ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, रतुवामाई नगरपालिका-२ डोरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट संयुक्त रूपमा खटिएको प्रहरीले मे. ५ प १२३६ नम्बरको मोटरसाइकल चालक झापा कमल गाउँपालिका-५ बस्ने ४० वर्षीय संजय लिम्बुलाई २ ग्राम ५ सय मिलिग्राम, मे.८ प ७१७१ नम्बरको मोटरसाइकलमा सवार दमक नगरपालिका-३ बस्ने २३ वर्षीय राजिब भुजेललाई ७ सय २० मिलिग्राम र सोही मोटरसाइकलमा सवार २३ वर्षीय अर्जुन लिम्बुलाई ५ सय मिलिग्राम, मे. २ प ४६८२ नम्बरको मोटरसाइकलमा सवार मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने ३१ वर्षीय डेबिड खड्का र ३५ वर्षीय हेम बहादुर लिम्बुलाई १ ग्राम २ सय ८० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।