अवैध लागूऔषधसहित पक्राउ
२०८०-०१-३०
- A
- A-
- A+
झापा, विर्तामोड नगरपालिका-५ सुकुमबासी बस्ती बस्ने ६० वर्षीया चम्फा चौधरीलाई अवैध लागूऔषध गाँजा करिब १ केजी १ सय ग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नयाँबसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनको घरबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्रामसहित बाँके खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने ३४ वर्षीय दिलिप रोकायालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलेगाउँबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।