प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२-१२-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी काभ्रे धुलिखेल नगरपालिका-५ श्रीखण्डपुर महाकाली टोल बस्ने पनौती नगरपालिका-२ घर भएका ४० वर्षीय उमेश सापकोटालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत दाङबाट जबरजस्ती करणी सम्बन्धी कसुर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-९ पँलासेबाट पक्राउ गरेको हो ।  

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ पठाइएको छ ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा ६ जना पक्राउ
२०८३-०४-११

उदयपुर, १६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका-४ डाँडा टोल बस्ने ३४ वर्षीय तोयाहाङ राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तोयाहाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  मोरङ, १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनवर्षी नगरपालिका-९ बस्ने २१ वर्षीय सुमन कुमार साह समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।