बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित २ जना पक्राउ
२०८१-०३-२१
- A
- A-
- A+
काठमाडौं, अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित रूसी नागरिक ४० वर्षीय SERGEY KOROTKIKH र २३ वर्षीया ELENA SHATILOVA लाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एरियामा चेकिङ गर्ने क्रममा SERGEY KOROTKIKH लाई विभिन्न दरका गरी जम्मा १ लाख ८० हजार ९ सय युएई दिराम र ५ सय अमेरिकी डलर तथा ELENA SHATILOVA लाई १९ हजार २ सय अमेरिकी डलर र १४ हजार २ सय युएई दिराम सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।