प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९-०४-३०

  • A
  • A-
  • A+
Share

 बर्दिया, अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका -१० बस्ने कधही चमारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको फैसलाले ८ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बर्दियामा बुझाइएको छ ।

मोरङ, चोरी मुद्दाका फरार प्रतिवादी रामधुनी नगरपालिका-२ का २८ बर्षीय प्रतिक भनिने उमेश दाहाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०७८ मंसिर २३ गतेको फैसलाले चोरी मुद्दामा ५ महिना ५ दिन २ दिन कैद र नगद १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरबाट पक्राउ गरेको हो ।  दाहाललाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मोरङमा बुझाइएको छ ।


सम्बन्धित समाचार
चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-१२-०५

काठमाडौं, चेक रिपब्लिक पठाइदिन्छु भन्दै २९ लाख रूपैयाँ ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-५ बस्ने २७ वर्षीय संजिभ तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले ११ जनालाई वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कपनबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८०-१२-०४

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-३ बस्ने १८ वर्षीया सुष्मा लामाको हत्या गरेको अभियोगमा सोही नगरपालिका-३ तारेभिर बस्ने २१ वर्षीय रूपेन्द्र लामालाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-३ तारेभिरस्थित शिवपुरी राष्‍ट्रिय निकुन्जको जंगलमा फागुन २४ गते सुष्माको शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न  रूपेन्द्रलाई पक्राउ गरेको हो । सुष्मा एक्लै कलेज गईरहेको अवस्थामा बाटो छेकी प्रेम प्रस्ताव राखेकोमा ईन्कार गरेपश्चात रूपेशले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।    उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

दुबई पठाईदिने भनि कुवेत पुर्‍याई बेचबिखन गर्ने व्यक्ति पक्राउ
२०८०-१२-०३

काठमाडौं, दुबईको पार्लरमा आकर्षक तलव हुने काममा पठाईदिने प्रलोभनमा पारी कुवेतमा पुर्‍याई बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका-१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय गणेश बहादुर कटुवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका-५ बाट पक्राउ गरेको हो । कटुवालले नेपालमा व्युटिपार्लर सञ्चालन गरी बसिरहेकी पीडितलाई आकर्षक तलव र सुविधा हुने दुबईको पार्लरमा काममा लगाईदिने प्रलोभन दिएको, भिषा टिकट लगायतको प्रकृयाहरू गर्नका लागि १ लाख ५० हजार रूपैयाँ लिएको, दुबई पठाईदिने भनि झुक्याई कुवेत पुर्‍याई बन्धक बनाएको समेत प्रारम्भिक अनुन्धानको क्रममा खुल्न आएको छ । साथै कुवेतमा पुगे पश्चात एजेन्ट अफिस सञ्चालकले शारीरिक तथा मानसिक यातना दिई मोवाइल र नेपाली राहदानी समेत नियन्त्रणमा लिई विभिन्न स्थानहरूमा घरेलु कामदारको रूपमा पठाएको खुल्न आएको हो । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-१२-०२

काठमाडौं, दुबई पठाइदिन्छु भन्दै २ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा तनहुँ बन्दिपुर नगरपालिका-५ घर भई काठमाडौं मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।भण्डारीले १ जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बतिसपुतलीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।