प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जग्गा बैना गरी रकम ठगी गरेको अभियोगमा पक्राउ

२०७८-१२-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, जग्गा बैना गरी रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-४ बस्ने ललितपुर महानगरपालिका-३ घर भएका ४९ वर्षीय ध्रुव प्रसाद घिमिरेलाई काठमाडौं महानगरपालिका-१ दरबारमार्गबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

             काठमाडौं महानगरपालिका-३२ बस्ने मोरङ बेलबारी नगरपालिका-३ घर भएकी ४० वर्षीया महिलाले जग्गा खरिद गर्नको लागि खोजी गर्ने क्रममा घिमिरेले मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको भक्तपुर साविक दुवाकोट गाविस-१  मा रहेको जग्गा २१ लाख रुपैयाँ दरले ४ आना जग्गा नापजाँच गरी राजिनामा पास गरीदिने भनि विश्वास दिलाई विभिन्न बैंकको चेकबाट पटक पटक गरी  ४५ लाख ५० हजार रुपैयाँ लिई सम्पर्क विहिन भएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा घिमिरेले ठगी गरेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको छ ।


सम्बन्धित समाचार
घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा पक्राउ
२०७९-०३-१८

सर्लाही, कबिलासी नगरपालिका-१० चमेलीमाई बस्ने २४ वर्षीय सुजित पंडितको घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ सलेम्पुर बस्ने २५ वर्षीय राकेश राय र सोही ठाउँ बस्ने २६ वर्षीय सुजित राय रहेका छन् । उनीहरुले रडले घुम्ती पसल फोडी पसलभित्र रहेको रेडबुल, डिउ, बदामजुश, फुर्टी लगायतको सामानहरू चोरी गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०३-१८

मोरङ,  आफ्नै श्रीमती ३१ वर्षीया बबिता मल्लिकको हत्या गरेको अभियोगमा रंगेली नगरपालिका-१ बिर्ताबजार बस्ने तिलका मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण बबितालाई मट्टीतेल छर्की आगो लगाई फरार भएका तिलकालाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी पक्राउ गरेको हो । आगोले जलेर घाइते भएकी बबिताको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । आगलागीबाट घरमा रहेका लत्ताकपडा, भाडावर्तन अन्नपात समेत जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमालन नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१८

तनहुँ, बन्दिपुर गाउँपालिका-२ गैरागाँउ बस्ने ४५ वर्षीय राजन श्रेष्ठलाई करिब ७ केजी अवैध लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा राखेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले तलासी गर्दा कोठामा लुकाई राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट करिब १५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित बैजनाथ गाउँपालिका-३ सिमलघारी बस्ने ३० वर्षीय अमन रोकामगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । रुपैडिहाबाट नेपालगंजतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-३ गुरुजीबाट करिब ३ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने वस्तु सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा  मकवानपुर  हेटौंडा उपमहानगरपालिका-१६ हटिया बस्ने २५ वर्षीय अनिल कुमार नगरकोटी र रौतहट चन्द्रपुर नगरपालिका-९ सिन्दुरे बस्ने ३५ वर्षीय नवराज बिक रहेका छन् । ना.४६ प १३३० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकिङ ग्लासको रबरभित्र र दुवै जनाको साथबाट उक्त वस्तु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट करिब २ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र २० ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राजेपाम र नाइट्राभेट सहित मोरङ रामथान गाउँपालिका-१ लखन्तरी बस्ने २३ वर्षीय रोशन कुमार भगतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको प्र ३-०१-००६ ख ११७४ नम्बरको हाइसलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनले झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सिया भन्सार नजिक सडकबाट २ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र ३ बोतल नियन्त्रित लागूऔषध उइन्सिरेक्स सहित कलैया उपमहानगरपालिका-४ घुसुकपुर बस्ने बारा गढीमाई नगरपालिका-२ जोलगावा घर भएका २० वर्षीय सिद्धान्त कुमार यादव सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।  भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०३६ प २६५६ र प्रदेश २-०३-०२१ प १०९५  नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ जरुवाटोलबाट करिब १२ किलो अवैध लागूऔषध गाँजा, करिब ५० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ, नगद ७३ हजार ४ सय रुपैयाँ र १ हजार भारतीय रुपैयाँ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका भैराङ बस्ने ४१ वर्षीय सुक बहादुर गोले र सोही ठाउँ बस्ने ४५ वर्षीय प्रकाश बल रहेका छन् । चुनियाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००५ प ७०२८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरूले प्रहरी चौकी भैसेमा खटिएको प्रहरीले जाँच गर्न खोज्दा भागेपछि उक्त टोलबाट नियन्त्रणमा लिएर जाँच गर्दा उक्त लागूऔषध र नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

डरधम्की दिई फिरौती रकम माग गर्ने दुई जना पक्राउ
२०७९-०३-१८

मोरङ, विराटनगर महानगरपालिका-३ बस्ने एक व्यक्तिलाई डरधम्की दिई फिरौती रकम माग गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-४  कञ्चनबारी बस्ने पथरीशनिश्चरे नगरपालिका-६ घर भएका ३९ वर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे नगरपालिका-६ बस्ने २६ वर्षीय विशाल ऋषिदेव रहेका छन् । कार्कीले गत जेठ ३१ गते चिठ्ठी र फोन मार्फत पटक-पटक डरधम्की दिई फिरौती माग गर्ने गरेको र पीडितले शुक्रबार आएमईमार्फत पठाएको २५ हजार रुपैयाँ सहित विशाललाई थरीशनिश्चरे नगरपालिका-६ हसन्दहस्थित आएमइबाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।