बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-२९
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर दधिकोट बस्ने सिन्धुपाल्चोक लिसङ्खु पाखर गाँउपालिका-६ घर भएका ३० वर्षीय सिताराम भण्डारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको गत जेठ १० गतेको फैसलाले ५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर दधिकोटबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।