स्रोत नखुलेको नगद सहित पक्राउ
२०७९-०६-२६
- A
- A-
- A+
रौतहट, गौर नगरपालिका-१ ट्रान्समिटर चोकबाट स्रोत नखुलेको नगद ९ लाख ६४ हजार रुपैयाँ सहित भारत सितामढी बैरगिनिया-६ बस्ने ३६ वर्षीय राज कुमार भगतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० भी ०५३१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक भगतलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।