प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

२०८०-०२-०६

  • A
  • A-
  • A+
Share

झापा, दमक नगरपालिका-३ बेलडाँगीबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्रामसहित ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४१ वर्षीय निर्पा राई, ३२ वर्षीय सन्जोग गुरुङ, १९ वर्षीय मन्दिप दर्जी, १९ वर्षीय अविराज गुरुङ, २३ वर्षीय मिलन गुरुङ र २४ वर्षीया दिलु तामाङ रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी बाघखोर र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बेलडाँगीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध र २ थान मोबाइलसहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी झापा, भद्रपुर नगरपालिका-५ देविबस्ती मेचिकिनारबाट अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम ३ सय २० मिलिग्रामसहित नुवाकोट तार्केश्वर गाउँपालिका-३ बस्ने २९ वर्षीय सानुबाबु रिमाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल बिओपी भद्रपुरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्रामसहित मोरङ पथरी शनिश्चरे नगरपालिका-६ बस्ने ३५ वर्षीया दिल माया श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी झापा, भद्रपुर नगरपालिका-८ स्थित भद्रपुर एयरपोर्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम २ सय १० मिलिग्रामसहित कमल गाउँपालिका-७ घर भई हाल काठमाडौं नारायणथान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । यति एयरलाइन्सद्वारा भद्रपुरबाट काठमाडौं जान लागेकी उनलाई बिमानस्थल सुरक्षा गार्ड झापाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्रामसहित केराबारी गाउँपालिका-७ बस्ने २५ वर्षीय हिमाल लिम्बुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

म्याग्दी, बेनी नगरपालिका-९ नेप्टेचौर बस्ने २४ वर्षीय सुनिल परियारलाई अवैध लागूऔषध गाँजा १ केजी ९ सय ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गलेश्वर र जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर भन्सारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित चुरे गाउँपालिका-५ खानिडाँडा बस्ने २२ वर्षीय दिनेश अर्खाली मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध नुफिन ७० एम्पुल, फेनारगन ९२ एम्पुल र डाईजेपाम ९१ एम्पुलसहित धादिङ गंगाजमुना गाउँपालिका-८ बस्ने २९ वर्षीय पूर्ण थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले ना.२ ह १७७० नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार थापालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२-०३-२१

कैलाली, बर्दगोरिया गाउँपालिका-१ बौनिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २३ वर्षीय रोहित सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय दाता रानालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी बिट मनेहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले को.३३ प २९२ नम्बरको मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका-१७ पकली बस्ने २४ वर्षीय बलराम चौधरी र सोही उपमहानगरपालिका-१९ बस्ने ३२ वर्षीय अरविन्द्र भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ३ सय मिलिग्राम तथा भोक्राहा नरसिंह गाउँपालिका-३ बस्ने ३१ वर्षीय प्रभु नारायण यादवलाई २ ग्राम ९ सय ४० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१० डेरा गरी बस्ने २६ वर्षीय प्रसन गिरीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-३ कच्चुबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम, इलाम नगरपालिका-९ बस्ने २५ वर्षीय गंगाराम चौहान र २० वर्षीय सुजन अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट प्र.१-०१-००२ ह ७५४८ नम्बरको अटो रिक्सा र प्र.१-०३-००१ प ६२१५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०३-२०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१६ नगुवा बस्ने २४ वर्षीय अनुतम बहादुर श्रेष्ठ  र नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१४ घर भएका २६ वर्षीय कपिल घर्ती रहेका छन् । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको पिकअप गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।   बर्दिया, बढैयाताल गाउँपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ पडरीया बस्ने २२ वर्षीय आकाश बहादुर मगर र २८ वर्षीय देव सिंह ठकुरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका  उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, जानकी गाउँपालिका-९ कटासे बस्ने २७ वर्षीय शंकर थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम र अवैध लागूऔषध गाँजा ३० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   सिराहा, लहान नगरपालिका-११ पडरीया टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १८ ग्राम ६ सय १० मिलिग्राम, २ लाख ८२ हजार ७ सय १० नेपाली रूपैयाँ र १ हजार २ सय ५० भारतीय रूपैया सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय मिथलेश कुमार चौधरी र २४ वर्षीय राज नन्दन चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले मिथलेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१५ विशाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने २६ वर्षीय दिवश राई र २९ वर्षीय विशन श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगपालिका-१३ निशानेबाट अवैध लागूऔषध गाँजा करिब ४९ किलो ७ सय २५ ग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर पौवादुङमा गाउँपालिका-६ बस्ने ३६ वर्षीय जिवनराज राई र ३१ वर्षीय आरएन राई रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६२६८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१७ बस्ने २३ वर्षीय मनिष लिम्बु र सोही उपमहानगरपालिका-११ बस्ने १९ वर्षीय मनिष राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३८ प ७९६० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित सोही नगरपालिका-१४ धाईजन गोलबारी बस्ने २६ वर्षीय सरोज लामिछानेलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको मे.८ प १५८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, भिमफेदी गाउँपालिका-१ बागझोराबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ३६ वर्षीय कुमार सिं गोलेलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसे र प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले सानोटारबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.९४ प ८०८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ३० मिलिग्राम सहित तिनपाटन गाउँपालिका-९ चकमके घर भई कमलामाई नगरपालिका-४ ढुग्रेवास डेरा गरी बस्ने २७ वर्षीय बिनोद परियारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-६ सरस्वती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ५० वर्षीय सुशील खड्गीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्वत, कुश्मा नगरपालिका-७ खरीया बस्ने २६ वर्षीय सुरेश परियारलाई नियन्त्रित लागूऔषध फेनारगन १६ एम्पुल, डाईजेपाम १६ एम्पुल र नुर्फिन १६ एम्पुल सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०३-२०

बर्दिया, गुलरिया नगरपालिका-८ भादाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ बंगलामुखी टोल बस्ने २२ वर्षीय किशोर बुढाथोकीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा ७ किलोग्राम सहित पाख्रिवास नगरपालिका-८ बस्ने ४६ वर्षीय भिम बहादुर राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले तेह्रथुमबाट झापातर्फ जाँदै गरेको ना.४ ख ६३१८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय शिव राज रानालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट मनेहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०३-१९

उदयपुर, त्रियुगा नगरपालिका-१ फूलजोरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ४ ट्याब्लेट सहित सोही नगरपालिका-१३ असारी बस्ने २२ वर्षीय सुंगम राई समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले धरानबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ९९४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ शिखरपानी र सोही उपमहानगरपालिका-८ औद्योगिक क्षेत्रबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ७ सय ७० ट्याब्लेट सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सोही उपमहानगरपालिका-१४ पदमपोखरी बस्ने ४० वर्षीय सोम स्याङ्तान, सोही उपमहानगरपालिका-१५ शिखरपानी बस्ने २४ वर्षीय महेश तामाङ र मकवानपुर भिमफेदी घर भई हेटौंडा उपमहानगरपालिका-९ प्रगति चोक बस्ने २७ वर्षीय कैलाश थापा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको १ थान स्कुटर र १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  यसैगरी मकवानपुर, कैलाश गाउँपालिका-९ बस्ने ५५  वर्षीय अर्जुन रूम्बालाई अवैध लागूऔषध गाँजा करिब १ सय ६८ किलो ३० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको गोठमा गाँजा लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले गोठ तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१ जिल्ला सामुदायिक भवनको एरियास्थित सार्वजनिक पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४  मलसरवा बस्ने २५ वर्षीया बबिता कुर्मी र सोही नगरपालिका-१ आनन्दबाग बस्ने ४९ वर्षीय बिक्रम सिंह थापा रहेका छन् । वडा प्रहरी कार्यालय तौलिहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-३ बस्ने २६ वर्षीय सन्जु आलेलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  १० ग्राम ६ सय २० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटवा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।सर्लाही, बलरा नगरपालिका-८ गडहिया चोकबाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ५ सय ग्राम सहित भारत सितामढी ग्राम नरहा बस्ने २१ वर्षीय रंजेश कुमारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ०५ एस ९६८० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक रंजेशलाई पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-७ दिपनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम, नियन्त्रित लागूऔषध फेनारगन ७ एम्पुल, सेरिज्याक ७ एम्पुल र आईपिपिएल ७ एम्पुल सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय आकाश गौतम र सोही ठाउँ डेरा गरी बस्ने नवलपरासी पश्चिम सुनवल नगरपालिका- ८ घर भएका २६ वर्षीय लाल बहादुर लुङछे रहेका छन् । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले आकाशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धलेख गाउँपालिका-१ बस्ने २६ वर्षीय रोसन भट्ट र निलकण्ठ नगरपालिका-७ बस्ने ३० वर्षीय प्रकास पोखरेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङ समेतबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना.७ ख ४७४८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०३-१९

कास्की, माछापुच्छ्रे गाउँपालिका-८ लुम्रे पुलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित सोही महानगरपालिका-२५ हेम्जा बस्ने म्याग्दी घर भएका २१ वर्षीय योगेश रोका समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको  छ । अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट खटिएको प्रहरीले लु.प्र.०१-००६ प ०८३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ४ सय  मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-२ बस्ने २३ वर्षीय सिशिर भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  उदयपुर, बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित सोही नगरपालिका-९ बस्ने ३० वर्षीय युबराज राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले रामपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको स.२ प ८२११ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।