प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित पक्राउ

२०८०-०६-२४

  • A
  • A-
  • A+
Share

 मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ७० केजीसहित राक्सिराङ गाउँपालिका-५ बस्ने २२ वर्षीय सन्देश प्रजा र ३४ वर्षीय युबराज प्रजालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.५३ प ३९३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई सोधपुछ गर्ने क्रममा हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको बा.१२ च ९७४२ नम्बरको गाडीमा गाँजा ल्याउदै गरेको खुल्न आएपछि उक्त गाडीको ढाला र क्याबिनमुनी ११ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी मोटरसाइकल चालक सन्देश र मोटरसाइकलमा सवार युबराजलाई पक्राउ गरेको हो । हाल फरार गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

झापा, मेचीनगर नगरपलिका-१० गोरुहट्टिबाट अवैध लागूऔषध गाँजा १ केजी २ सय ७० ग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय शेख सुवान मियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार हुँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले कोठामा राखेको उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।  

यसैगरी झापा, अवैध लागूऔषध ब्राउनसुगरको कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-२ बस्ने १९ वर्षीय निसान लिम्बु, सोही नगरपालिका-८ बस्ने २४ वर्षीय रिवज रनपहेली, दमक नगपरलिका-१ बस्ने २१ वर्षीय रूस्बिन लिम्बु भन्ने बिबेक फियाक लिम्बु र दमक नगरपालिका-२ बस्ने निश्चल भन्ने बिक्रम लिम्बु रहेको छन् । भद्रपुर नगरपालिका-३ स्थित मेची पुलमा प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका निसान र रिवजलाई साईकलको सिटमुनी लुकाई राखेको १४ ग्राम १ सय ५० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । थप अनुसन्धानको क्रममा बिबेक र बिक्रमको समेत संलग्न रहेको खुल्न आएपछि ४ जनालाई नै पक्राउ गरेको हो । 

बाँके, खजुरा गाउँपालिका-६ सिमलघारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय कालु सुनार र १४ वर्षीय किशोरलाई ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ । यसैगरी सोही गाउँपालिका-६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय  मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय मनोज बस्याल र २४ वर्षीय बादल नेपालीलाई ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको  छ । 

काठमाडौं महानगरपालिका-६ महाकाल बस्ने ३१ वर्षीय सोनाम राना मगरलाई नियन्त्रित लागूऔषध डाइजेपाम ३९ एम्पुल, बुप्रेनुरफिन इन्जेक्सन-४० एम्पुल, एबट ४३ एम्पुल र नगद २ हजार ९ सय रूपैयाँसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले कोठामा लागूऔषध बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित दुई जना पक्राउ
२०८०-११-२१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब २ किलोसहित रौतहट माधव नारायण नगरपालिका-१ बस्ने २७ वर्षीय महेश कुमार यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.६ ख ३५५७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ७३ मिलिग्रामसहित सोही महानगरपालिका-१५ बस्ने १७ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८०-११-२१

झापा, कमल गाउँपालिका-३ स्थित कृष्टिना होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित गौरीगंज गाउँपालिका-२ बस्ने ३६ वर्षीय अजय हेमरमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले उक्त होटलमा बसिरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा हेमरमले गौरीगंज गाउँपालिका-२ बस्ने २६ वर्षीय सम टुडुको प्र.१-०१-००१ ह ९९१० नम्बरको अटोमा उक्त पदार्थ राखी ल्याएको र अन्य समयमा समेत अटोमा लागूऔषध ओसारपसारमा सहयोग गर्ने गरेको खुलेपछि टुडुलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-१२ स्थित पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २९ मिलिग्रामसहित सोही नगरपालिका-६ ऐठपुर बस्ने २० वर्षीय शिरीस बोगटी समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र प्रहरी चौकी झुलुङगेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-६ बस्ने २१ वर्षीय अबिन चौधरी र २४ वर्षीय दिल बहादुर कठरीया रहेका छन् । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१० चौबिसकोठी चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो र स्रोत नखुलेको नगद २ लाख १६ हजार ५ सय रूपैयाँसहित कालिकोट पचालझरना गाउँपालिका-५ बस्ने ४० वर्षीय केशव बमलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
२०८०-११-२०

बाँके, नेपालगंज उपमहानगरपालिका-१८ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० भृकुटिनगर बस्ने ४३ वर्षीय बिकाश पौडेल र ३६ वर्षीय राजिव कुमार कर्ण रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भे.११ प ४१२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  झापा, कमल गाउँपालिका-३ स्थित कृष्टिना होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३८ ग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटल संचालक सोही ठाउँ बस्ने ३५ वर्षीय सरोज थापा र शिवसताक्षी नगरपालिका-६ बस्ने ३० वर्षीय बिष्णु खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उक्त होटलको जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कैलाली, जानकी गाउँपालिका-७ मख्रीबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय विनायक चौधरी समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  मोरङ, बुढिगंगा गाउँपालिका-५ कार्टुन टोल बस्ने ४५ वर्षीया मुनिया खातुनलाई अवैध लागूऔषध गाँजा करिब १ किलोसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८०-११-१९

झापा, बिर्तामोड नगरपालिका-२ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित सोही नगरपालिका-२ बेलडागी बस्ने ३२ वर्षीय अनिल लुईटेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । मोरङ, बुढिगंगा गाउँपालिका-२ बागवान बस्ने ३५ वर्षीया रिनादेवी सिंहलाई अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेमुवा समेतबाट खटिएको प्रहरीले उनको घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।   कञ्चनपुर, बेलौरी नगरपालिका-८ कलकत्ताबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम २ मिलिग्रामसहित बेल्डाडी गाउँपालिका-३ बैवाह बस्ने १९ वर्षीय सुदिप चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-१३ भाईरल रोडबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ४० ग्राम र १ थान खुकुरीसहित सोही नगरपालिका-१२ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झोलुङ्गेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बस्तुसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८०-११-१८

रूपन्देही, कोटहीमाई गाउँपालिका-५ देवनवक्सपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम १३ मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोटहीमाई गाउँपालिका-५ मझगाँवा बस्ने १९ वर्षीय सतिस कुमार ठाकुर र मायादेवी गाउँपालिका-३ कमरिया बस्ने २३ वर्षीय माहाविर यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरीले लु.१३ प ६७८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट नियन्त्रित लागूऔषध नुर्फिन २५ एम्पुल, क्रेज्याक ७५ एम्पुल, एबोट ७५ एम्पुल र बुप्रेमोर्फिन ५० एम्पुलसहित स्याङ्जा फेदीखोला गाउँपालिका-४ आरूखर्क बस्ने ३२ वर्षीय प्रदिप घाम्बोलेलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले बा.२ ख १४१० नम्बरको हाईसलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।