प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ

२०८१-१०-११

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-९ स्थित सेतोपुल नजिकै रहेको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली घर भई  काठमाडौं सिनामंगल बस्ने २९ वर्षीय लोक बहादुर चोहान समेत १४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ७ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-२ स्थित पञ्चकन्या सामुदायिक वनको चौरमा जुवा (ओखर) खेलिरहेको अवस्थामा ओखलढुङ्गा धर भई काठमाडौं सुन्दरीजल बस्ने २६ वर्षीय लाल काजी सेन्चुरी समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार ७ सय ४५ रूपैयाँ र ओखर १५ थान सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०३-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ रूपैयाँ र २२ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ पुलचोक बस्ने ५६ वर्षीय बाबुराम खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बाबुराम समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४ सय ६५ रूपैयाँ र ४ बुक तास सहित  पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।