प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०८०-०६-११

  • A
  • A-
  • A+
Share

कैलाली, जोशीपुर गाउँपालिका-५ बनकट्टा बस्ने ३२ वर्षीय प्रवेश चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद १ लाख १३ हजार रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार