प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०६-११

  • A
  • A-
  • A+
Share

बाजुरा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढीगंगा नगरपालिका-५ बस्ने ३० वर्षीय पारस शाहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पारसले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी टाँटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पाल्पा, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रम्भा गाउँपालिका-४ बस्ने २६ वर्षीय विवेक बहादुर पाण्डे र रूपन्देही बुटवल उपमहानगरपालिका-११ बस्ने अर्घाखाँची मालारानी गाउँपालिका-६ घर भएका २६ वर्षीय अप्रिल घर्ती मगर रहेका छन् । उनीहरूले ती महिलालाई तानसेन नगरपालिका-४ होलाङ्दिस्थित होटल मनकामनामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

सुर्खेत, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकवेशी नगरपालिका-१० बस्ने १९ वर्षीय ललित खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ललितले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-०१

महोत्तरी, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा औरही नगरपालिका-३ बस्ने ४२ वर्षीय मोमेन्द्र मण्डललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । मोमेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । नवलपरासी पश्चिम, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनवल नगरपालिका-७ अस्नैया बस्ने २१ वर्षीय दिपक जिसीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-३०

बाँके, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ पितमारी बस्ने २१ वर्षीय लाल बहादुर राना क्षेत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाल बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कैलाली, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-६ बेलुवा बस्ने २८ वर्षीय रामसेवक कुश्मी चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । रामसेवकले ती किशोरीलाई जबरजस्ती करणी  गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनलाई  पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।