जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-०९
- A
- A-
- A+
नवलपरासी पश्चिम, ४३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनवल नगरपालिका-६ तिलकाना बस्ने ४८ वर्षीय नर बहादुर खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।