अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०१-०३
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ७ सय ग्राम सहित धादिङ थाक्रे गाउँपालिका-१ बस्ने १९ वर्षीय सुमन तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५९९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-१ जैकुटी पार्टी प्यालेस नजिकबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३४ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१६ बस्ने ३० वर्षीय जस बहादुर थापा र सोही नगरपालिका-१४ बस्ने ३० वर्षीय सन्तोष थापा सुनारी मगर रहेका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।