बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ
२०७८-११-२५
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं नयाँबानेश्वर बस्ने अर्घाखाँची मालारानी गाउँपालिका-२ ठेगाना भएका ४९ वर्षीय कृष्ण प्रसाद बन्जाडेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७७ पुस २४ र २०७८ मंसिर २१ गतेको फैसलाले ४ दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं थापागाउँबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।