अवैध लागूऔषधसहित २ जना पक्राउ
२०७९-१२-०१
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९३ मिलिग्राम र नगद १८ हजार रुपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुर चौदण्डिगढी नगरपालिका-२ बस्ने २९ वर्षीय उमेश खत्री र सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने २८ वर्षीय बसन्त तोलाङ्गी रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ८७१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।