अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०२-११
- A
- A-
- A+
बाँके, कोहलपुर नगरपालिका-९ पिपिरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय समिर थारू र २७ वर्षीय बिशाल सुनारलाई रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले समिरको घर तलासी गर्दा उक्त लागूऔषध पेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका-९ झण्डहवा बस्ने ४२ वर्षीय मोहम्मद असिन साइलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ४० मिलिग्राम र नगद ४१ हजार १ सय ५० रूपैयाँ सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२५ असन चोक बस्ने ४० वर्षीय अजय चित्रकार र काठमाडौं महानगरपालिका-२३ ओमबाहल टोल बस्ने ३७ वर्षीय सुशिल मानन्धर रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-५ बस्ने २३ वर्षीय तुलसी माझीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय १० मिलिग्राम, ५६ हजार ६ सय नेपली रूपैयाँ र १ हजार १ सय भारतीय रूपैयाँ सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने २४ वर्षीय ज्ञानेश खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सल्यान, वनगाड कुपिण्डे नगरपालिका-१ अम्राबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ २०२ ग्राम ६ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ६० वर्षीय रत कुमार ऐरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले वनगाड कुपिण्डे नगरपालिका-१ बस्ने ४५ वर्षीय रमेश परियारको घर तलासी गर्दा चरेस जस्तो देखिने पदार्थ १ सय ३६ ग्राम ९ सय ७० मिलिग्राम फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।
कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-७ स्थित शारदा सामुदायिक वनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २३ वर्षीय आशिष शाही र १९ वर्षीय ओमप्रकाश खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भक्तपुर, भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने २० वर्षीय सुमित त्यातलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र थ्रिनटथ्रि राईफलको गोली १ राउण्ड सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उनकै घर नजिकबाट उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पर्सा, पोखरिया नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय मिलिग्राम सहित सोही नगरपालिका-९ सिवबर्वा बस्ने २० वर्षीय बिशाल राउत कम्करलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-५ जिरो किमिबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ५९ ट्याब्लेट सहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-९ नागढुङ्गा बस्ने २२ वर्षीय नबिन गुरूङ, सोही महानगरपालिका-५ प्रस्याङ बस्ने २३ वर्षीया अन्जली परियार र सोही महानगरपालिका-५ मलेपाटन बस्ने ४२ वर्षीय हेमन्त भट्टराई रहेका छन् । वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ग.१२ प ९९२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० ग्राम ५ सय ७० मिलिग्राम सहित महोत्तरी भँगाहा नगरपालिका-४ बस्ने २३ वर्षीय राजन महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबासबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश-०३-००१ ज १४२० नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा महोत्तरी भँगाहा नगरपालिका-४ बस्ने ३३ वर्षीय राजाबाबु महत्तोको समेत संलग्नता रहेको खुल्न आएपश्चात उनलाई इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीले खुर्कोटबाट पक्राउ गरेको छ ।
कैलाली, कैलारी गाउँपालिका-५ सडकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखिमपुरी तेकुनिया बस्ने २८ वर्षीय विकाश कुमार र ३४ वर्षीय मन्जोत सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलियाला र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ३१ सिएफ ५८८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।