अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८३-०७-०९
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-३२ पेप्सिकोला बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-५ घर भएका २८ वर्षीय श्रीकृष्ण बराम समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.२ ज ३०३३, बागमती प्रदेश १-००२ ज ६७५२ नम्बरका ट्याक्सीहरू र बा.७५ को ८४६४ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ५० मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका-७ बस्ने २७ वर्षीय कुशल घिमिरे समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट इनरूवा बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ९ सय ८० ट्याब्लेट र स्पास्पेन ७ हजार ट्याब्लेट सहित हरिनगरा गाउँपालिका-७ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले प्रदेश नम्बर १-०२-००५ ह ६४८० नम्बरको सिटी सफारी जाँच गर्दा उक्त लागूऔषध फेला पारी सिटी सफारीमा सवार उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त लागूऔषध कारोबारमा संलग्न हरिनगरा गाउँपालिका-७ बस्ने १८ वर्षीय किशोरलाई समेत पक्राउ गरेको छ ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-५ राँगाचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम र नगद २३ हजार १ सय ८५ रूपैयाँ सहित सोही ठाउँ बस्ने ४० वर्षीय राम कुमार चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-६ बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय ८८ ट्याब्लेट र नाइट्राजेपाम ३ सय ट्याब्लेट सहित त्रियुगा नगरपालिका-१० बोक्से बस्ने २६ वर्षीय मनोज मग्रांतीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-५ नयाँ बसपार्क डेरा गरी बस्ने ताप्लेजुङ फुङलिङ नगरपालिका-३ घर भएका २५ वर्षीय बविस भण्डारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बविसको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
सिराहा, गोलबजार नगरपालिका-४ निपनिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५३ ग्राम ३० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुखिपुर नगरपालिका-५ बस्ने ३१ वर्षीय अजय कुमार यादव र सोही नगरपालिका-१० बस्ने २५ वर्षीय अरबिन्द कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवास महोत्तरी समेतबाट खटिएको प्रहरीले म.प्र.०१-००६ प ५१३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तु, शिवराज नगरपालिका-२ हल्लानगर बस्ने २३ वर्षीया अस्मिता बोहोरालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २ सय ४० मिलिग्राम र डिजिटल तराजु १ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले अस्मिताको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय १६ मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय आवेश राना समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१२ कम्पनीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६४ मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय दिपक कुंजडा र २५ वर्षीय राम कुमार कुंजडा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बझाङ, बित्थडचिर गाउँपालिका-८ बागथला बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५ किलो १ सय ९५ ग्राम सहित सोही गाउँपालिका-५ बस्ने ३० वर्षीय कटक जप्रेललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले चैनपुरदेखि धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ख ४२११ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो ।
धनुषा, गणेशमान चारनाथ नगरपालिका-९ बरमझिया मुस्लिम टोल बस्ने ३२ वर्षीय अब्दुल रहमानलाई अवैध लागूऔषध गाँजा ३ सय ६० ग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले अब्दुलको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ थानाभर्याङ बस्ने २४ वर्षीय सुमन खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.२१ प १७५१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।