प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

२०८२-०२-२८

  • A
  • A-
  • A+
Share

तनँहु, आँबुखैरैनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बाँसगढी नगरपालिका-४ बस्ने १९ वर्षीया सुशिला सुनार र २० वर्षीय सुवास परियार रहेका छन् । अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले बा.प्र.-०२-०२६ प १०३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

सिराहा, गोलबजार नगरपालिका-४ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने अर्नमा गाउँपालिका-३ घर भएका २० वर्षीय अभिषेक कुमार महतो, धनगढीमाई नगरपालिका-८ कसहा घर भएका २२ वर्षीय संतोष कुमार महतो र  औरही गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यसैगरी सिराहा, गोलबजार नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय दिपेन कुमार साह समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने २४ वर्षीय बिमल कुमार महतोले दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले बिमलको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम फेला पारी बिमललाई समेत पक्राउ गरेको छ । 

सल्यान, त्रिवेणी गाउँपालिका-६ लुहामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-१२ बस्ने १९ वर्षीय अबिषेक नेपाली र सोही उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय बिकाश आले मगर रहेका छन् । इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले लु.३४ प ६७६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-५ तारानगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय रिसव चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पाँचथर, फिदिम नगरपालिका-४ जोरसालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १ बस्ने ३० वर्षीय सागर लिम्बु र सोही नगरपालिका-१ बस्ने झापा बिर्तामोड घर भएका ३४ वर्षीय रोहित न्यौपाने रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१३ गुप्तिपुर बस्ने २७ वर्षीया नन्दा श्रीमाललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

 नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका-९ गरगरेबाट नियन्त्रित लागूऔषध फेनारगन २४ एम्पुल, डाईजेपाम २४ एम्पुल, नोर्फिन २४ एम्पुल र नगद ३६ हजार १ सय ४० रूपैयाँ सहित सोही ठाउँ बस्ने २८ वर्षीय बहादुर सोमै मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले बा.२८ प ४५०६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३८ जना पक्राउ
२०८३-०३-१०

कैलाली, धनगढी उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय सुरेश चौधरी र सोही उपमहानगरपालिका-१६ बस्ने सुरेश बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-४ भल्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गणेश थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-७ डाँडावनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ३० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-२ राजिपुर बस्ने ३३ वर्षीय संन्जय नगार्जी समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, कैलारी गाउँपालिका-७ हौसलपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २४ ग्राम ४ सय मिलिग्राम सहित भारत लखिमपुर खिरी बेलापर्शुवा बस्ने ४७ वर्षीय हरि चन्द्र कठरियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।दाङ, तुलसीपुर उपमहानगरपालिका-५ न्यूरोड डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१६ बस्ने ३८ वर्षीय प्रकाश चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी दाङ, राप्ती गाउँपालिका-१ आँपखोलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय राज विश्वकर्मा र सोही गाउँपालिका-१ नयाँबसपार्क बस्ने २८ वर्षीय योगेश पौडेल रहेका छन् । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले राजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ लखुवार बस्ने ३५ वर्षीय बसन्त डिसीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही उपमहानगरपालिका-१४ ट्राफिक रोडस्थित होटलबाट खरिद गरेको भन्ने खुल्न आएपश्‍चात उक्त होटल तलासी गर्दा होटलमा बसिरहेका सोही उपमहानगरपालिका-४ लक्ष्मीपुर बस्ने २५ वर्षीय गोपाल चौधरी, बंगलाचुली गाउँपालिका-८ स्वामिघाट बस्ने २७ वर्षीय शरद कुमार खत्री र २३ वर्षीय निम बहादुर खत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित फेला पारी प्रहरीले पक्राउ गरेको   छ । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१५ सरस्वती गार्मेन्ट टोल डेरा गरी बस्ने रोल्पा घर भएका ३१ वर्षीय महेन्द्र रोका मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लहान नगरपालिका-१० बस्ने २३ वर्षीय मो. कलाम मन्सुरी र लहान नगरपालिका-६ बस्ने २३ वर्षीय आयुष भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले म.प्र ०१-००५ प ०९२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । रूपन्देही, कञ्चन गाउँपालिका-४ भैरवघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चन गाउँपालिका-४ बस्ने ३८ वर्षीय यकेश्वर पुन र ३८ वर्षीय प्रकाश थापा रहेका छन् । इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।अर्घाखाँची, शितगंगा नगरपालिका-१२ हिलेखोला बस्ने ५२ वर्षीय मान बहादुर रोकाहालाई अवैध लागूऔषध गाँजा ८ सय ४७ ग्राम ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ ट्याब्लेट र डाइक्लोमाइन १४ ट्याब्लेट सहित भोजपुर षडानन्द नगरपालिका-१३ बस्ने २७ वर्षीय अनिल पुलामी मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । दार्चुला, महाकाली नगरपालिका-४ मोहतीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १३ ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने दुहु गाउँपालिका-४ घर भएका ४३ वर्षीय राजेन्द्र सिह कुँवरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-६ बस्ने २४ वर्षीय किरण तिरखाती र २१ वर्षीय सुदिप टमटा रहेका छन् । प्रहरी चौकी मोहम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-११ नयाँ बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय ६८ ट्याब्लेट सहित कालिकोट खाँडाचक्र नगरपालिका-६ बस्ने २२ वर्षीय गणेश शाहीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम सहित ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बाराकुण्डा बस्ने २७ वर्षीय योगी धामी, २३ वर्षीय प्रकाश भण्डारी, सोही नगरपालिका-१ भाँसी बस्ने २३ वर्षीय बालचन्द्र धामी र सोही नगरपालिका-१० बस्ने २५ वर्षीय गणेश बिष्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  झापा, झापा गाउँपालिका-४ सुकुमबासीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दिबारी गाउँपालिका-१ बस्ने ३९ वर्षीय सुर्दशन डांगी, शिवसताक्षी नगरपालिका-११ बस्ने २४ वर्षीय राम दर्जी, गौरादह नगरपालिका-९ बस्ने २४ वर्षीय बिजय मुर्मु र इलाम इलाम नगरपालिका-४ बस्ने २७ वर्षीय सन्तोष राई रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने २२ वर्षीय प्रमेश रत्नेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित पथरीशनिश्चरे नगरपालिका-१ बस्ने ३३ वर्षीय सागर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उप-महानउरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने बराहक्षेत्र नगरपालिका-१० घर ३३ वर्षीय आशिस मगर र उनकै श्रीमती २२ वर्षीया ममता माझी (मगर) रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८३-०३-०९

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१ तौलुङबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ६ सय ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने भारत चित्रकोट नगर जयपुर राजस्थान घर भएका ४१ वर्षीय अरपित वशल समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बलराम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ७० मिलिग्राम सहित सोही गाउँपालिका-५ ईमिलिया बस्ने २६ वर्षीय तिर्थु रानालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, लम्कीचुहा नगरपालिका-२ बगौरा बस्ने ३३ वर्षीय प्रदिप थारूलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ४० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । रूपन्देही, रोहिणी गाउँपालिका-२ खरबिन्द्र टोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ३५ एम्पुल, बुप्रेनोर्फिन १ सय ३५ एम्पुल र फेनारगन १ सय ३५ एम्पुल सहित सोही गाउँपालिका-१ हनुमान गडिया बस्ने ३८ वर्षीय बिर्जु यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०३-०९

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६६ ट्याब्लेट र  अवैध लागूऔषध गाँजा ५० ग्राम सहित सर्लाही घर भएका २७ वर्षीय अजय कुमारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०२-०५२ प ०५७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१३ बङ्गलामुखी मन्दिर नजिक बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ४० ट्याब्लेट, गाँजा ४ सय ग्राम, पोलेन ३० ग्राम र नाइट्रोभेट ११ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनको घर तालासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२६ ठमेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १७ ट्याब्लेट, स्पास्पेन ४ ट्याब्लेट र स्पास्मो ४ ट्याब्लेट सहित काठमाडौं डल्लु बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-२ घर भएका २३ वर्षीय निशान्त सुन्दासलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, लेटाङ नगरपालिका-८ जाँते तेलीखोला झोलङ्गेपुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ ट्याब्लेट सहित सोही नगरपालिका-६ सुकेचौरी बस्ने २१ वर्षीय निउस राई समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीले को.२२ प ६४८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ मयुरधाप बस्ने २६ वर्षीय प्रनिक कार्की समेत ८ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ७० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १३ ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट र डिकोलिक १० ट्याब्लेट सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय राकेश नेपाली र १९ वर्षीय आशिष विष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१६ अमहवास्थित जङ्गलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७० एम्पुल, फेनारगन ७० एम्पुल र बुप्रेनोर्फिन ७० एम्पुल सहित सोही ठाउँ बस्ने ४७ वर्षीय जलालुदिन चुरियारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-५ पन्थापाडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-१० बस्ने २२ वर्षीय रोहित कटुवाल र २७ वर्षीय संतोष राजवंशी रहेका छन् । प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-२ रजवारा मिलन शिबिर बस्ने २५ वर्षीय रूकेश डगौरालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बर्दिया, बाँसगढी नगरपालिका-३ सुन्दरवस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही ठाउँ  बस्ने ३५ वर्षीय अरूण खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, भेरीगंगा नगरपालिका-५ बबईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-१२ बस्ने २० वर्षीय कृष्ण परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र ०२-००१ ख १००९ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३१ जना पक्राउ
२०८३-०३-०८

बर्दिया, बाँसगढी नगरपालिका-३ बाट अवैध लागूऔषध अफिम १५ किलो ३ सय ४० ग्राम र नगद ३४ हजार रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका-४ घर भएकी ३० वर्षीया सन्ध्या घर्ती मगर र बाँसगढी नगरपालिका-३ घर भएकी ४२ वर्षीया मिना रोकाया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ मेची बिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय २० मिलिग्राम सहित पाँचथर फिदिम नगरपालिका-१ बस्ने १९ वर्षीय नुमसिक लिम्बुलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम र नगद १९ हजार ५ सय रूपैयाँ सहित मेचीनगर नगरपालिका-१३ बस्ने २३ वर्षीय आशिष गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । जाजरकोट, भेरी नगरपालिका-४ रानागाउँ बस्ने ४२ वर्षीय पर्शुराम थापालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७२ ग्राम ९ सय मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । मोरङ, पथरी शनिश्चरे नगरपालिका-९ बस्ने २५ वर्षीय अमन लिम्बु समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, सिरहा नगरपालिका-२१ लकडिगोठबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९२ ग्राम ३ सय मिलिग्राम सहित भारत मधुवनी पदमाहा ग्राम पञ्चायत-२ जोगिया टोल बस्ने २८ वर्षीय छोटु भन्ने रंजित कुमार पासवान समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै ढुङ्गा मुढा प्रहार गरी भाग्न खोजे पश्चात प्रहरीले गोली प्रहार गर्दा रंजित घाइते भएका थिए । घाइते रंजितको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ । सुनसरी, बराहक्षेत्र नगरपालिका-२ जब्दी बस्ने २३ वर्षीय निश्चल कार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ५ सय मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७० वर्षीया सरातुन खातुन र उनकै बुहारी २० वर्षीया सेविका सरदार रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ जनताबस्तीस्थित पिपलचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २७ ट्याब्लेट, स्पास्पेन १ सय २७ ट्याब्लेट र नगद २ हजार ७० रूपैयाँ सहित इटहरी उपमहानगरपालिका-५ बस्ने २८ वर्षीय प्रकाश मादेन समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१३ देवीमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित धरान उपमहानगरपालिका-१३ बस्ने ३२ वर्षीय माकुने भन्ने राज कुमार तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरा नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ३ मिलिग्राम सहित ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय शिव नारायण राना, २९ वर्षीय राम अवतार राना, २४ वर्षीय सुवास राना, २७ वर्षीय सुवास राना, २७ वर्षीय जस्मन्त राना र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ फाप्ला क्रिकेट ग्राउण्ड नजिकैबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २ ग्राम ६३ मिलिग्राम सहित सोही उपमहानगरपालिका १३ बस्ने २० वर्षीय बेनी माधव खड्का समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम र गाँजा ४ ग्राम ३ सय ४० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-२ बस्ने २६ वर्षीय अस्पात अन्सारी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाजुरा, बडिमालिका नगरपालिका-९ अस्पताल लाइनबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय ३० मिलिग्राम र गाँजा ४० ग्राम १ सय ९० मिलिग्राम सहित  गौमुल गाउँपालिका-४ बस्ने २४ वर्षीय पुरन रोकायालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बस्तीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ४० मिलिग्राम सहित जाजरकोट जुनिचाँदे गाउँपालिका-६ बस्ने २६ वर्षीय ललित बहादुर शाही समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यलय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०३-०७

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित बोहोरा गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-१५ घर भएका ३० वर्षीय प्रदिप केसी, २६ वर्षीय ललित केसी र सोही उपमहानगरपालिका-१४ घर भएका २९ वर्षीय रविन चौधरी रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउस तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-३२ बालकुमारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ग्राम सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली टीकापुर नगरपालिका-५ घर भएका २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका-३ घर भएका २० वर्षीय निरज कुमार मण्डल र पर्सा पटेर्वा सुगौली गाउँपालिका-४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथी आक्रमण गरी भाग्न खोज्दा प्रहरीले  गोली प्रहार गर्दा किशोर प्रसाद घाइते भएका थिए । घाइते भएका किशोर प्रसादको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बाँके, खजुरा गाउँपालिका-५ उढरापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम १ सय ९० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही गाउँपालिका-५ उढरापुर बस्ने ३१ वर्षीय मुजमिल खाँ लाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, कोहलपुर नगरपालिका-१५ चन्नहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१५ बस्ने ३२ वर्षीय राम प्रकाश थारू र ३३ वर्षीय करण थारू रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि लागूऔषध खरिद गर्न आएका अन्य ५ जनालाई समेत नियन्त्रणमा लिएको छ । उदयपुर, चौदण्डीगढी नगरपालिका-३ देउरालीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८५ ट्याब्लेट र स्पास्मो २ सय ८५ ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ मकम डाँडा बस्ने २६ वर्षीय जाल कुमार राई र ३० वर्षीय किलर भन्ने नेत्रमन राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले प्र.१-०२-००५ ह ३८१८ नम्बरको अटो तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक जाल कुमार र अटोमा सवार नेत्रमनलाई पक्राउ गरेको हो । यसैगरी उदयपुर, कटारी नगरपालिका-४ कान्छिबजारबाट नियन्त्रित लागूऔषध टापेन्डाडोल ५६ ट्याब्लेट र नगद ४ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३४ वर्षीय कृष्ण गोले तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  अछाम, मंगलसेन नगरपालिका-८ ग्यानेगैडी बस्ने ५७ वर्षीय भैरव प्रसाद भाटलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ८ ग्राम १ सय ९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-१० पात्लेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित सुनसरी देवानगन्ज नगरपालिका-५ साहेबगन्ज बस्ने २६ वर्षीय पप्पु भन्ने सनि कुमार मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-१५ निम्बुखेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने समिर नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-१७ पथरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय शंकर चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, कोशी गाउँपालिका-१ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५० ट्याब्लेट सहित धरान उपमहानगरपालिका-१५ बस्ने २० वर्षीय एमिल राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ नारायणी महलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद ९ हजार ६ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१ पानसुके चोक डेरा गरी बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही उपमहानगरपालिका-४ हेटौंडा क्याम्पस नजिक डेरा गरी बस्ने भारत घर भएका ४६ वर्षीय रामजी बानियाँ सँग उक्त लागूऔषध खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात रामजीको कोठा तलासी गर्दा १२ ग्राम ३ सय ८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद १२ हजार ६ सय रूपैयाँ फेला पारी रामजीलाई समेत प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानको लागि रामजीको श्रीमतीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ पिप्लेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१४ मयुरधाप घर भएकी २४ वर्षीया अंजलि तामाङलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिन्धुली, दुधौली नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम र नगद ७ हजार रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २७ वर्षीय प्रमोद साह र सोही नगरपालिका-९ बस्ने २० वर्षीय उमेश रूचाल रहेका छन् । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले स.७ प ७३६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  इलाम, इलाम नगरपालिका-९ भन्ज्याङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ३० वर्षीय बिजय नेम्बाङ लिम्बु र सन्दकपुर गाउँपालिका-२ माईमझुवा बस्ने २१ वर्षीय सुदिप गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय इलाम समेतबाट खटिएको प्रहरीले  मे.९ प ८८६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, रंगेली नगरपालिका-५ भेडुबाथानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० हजार ५ सय ट्याब्लेट सहित भारत विहार अररिया सिक्टी थाना आँपगाछी पञ्चायत लेटी गाउँ १४ बस्ने २५ वर्षीय अभिषेक कुमार मण्डललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३८ ए एच ८७९८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ७० मिलिग्राम सहित बारा कलैया उपमहानगरपालिका-३ बस्ने १९ वर्षीय तबरेज मन्सुर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.३४ प ९९६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।