अश्लिलता प्रदर्शन गरी अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ
२०८३-०३-२३
- A
- A-
- A+
ललितपुर, युवतीलाई अश्लिलता प्रदर्शन गरी अभद्र व्यवहार गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने बैतडी पाटन नगरपालिका-७ घर भएका ५५ वर्षीय सुरेन्द्र भट्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोलमा पीडित युवतीलाई अश्लिलता प्रदर्शन गरी अभद्र व्यवहार गरेको भनि सामाजिक सञ्जाल मार्फत जानकारी हुनुको साथै पीडितको उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटो तथा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सुरेन्द्रलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।