प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

२०७९-०७-०१

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-७ मोति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १३ ग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय यादव कुमार चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले  जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

सिन्धुली, मरिण गाउँपालिका-६ सिरुटार आँपदमार बस्ने ५० वर्षीय ज्ञानध्वोज स्याङ्तानलाई अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा लागूऔषध गाँजा बिक्री गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

सिरहा, भगवानपुर गाउँपालिका-१ बलान पुलमुनिबाट अवैध लागूऔषध गाँजा करिब ६५ किलो सहित सप्तरी वलान बिहुल गाउँपालिका-२ डिटिया टोल बस्ने ४२ वर्षीय राम नारायण यादवलाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले ४ वटा बोरामा रहेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

सर्लाही, लालबन्दी नगरपालिका-१ स्थित नवलपुर चोकबाट अवैध लागूऔषध गाँजा २ किलो सहित भारत सित्तामढि ग्राम कचोर-११ बस्ने ८३ वर्षीय रामबृज महत्तोलाई मंलगबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-१३ बस्ने ४० वर्षीया विद्या देवी तिवारीलाई अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी पर्सा, जिराभवानी गाउँपालिका-२ काठमाडौं टोलबाट अवैध लागूऔषध गाँजा ३ किलो मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट शंकतखरैयाबाट खटिएको प्रहरीले बीआर २२ एएच १४४६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक मोटरसाइकल छाडी फरार भएपश्चात सिटमुनि लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०३-२७

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ४६ वर्षीया सन्जु तामाङलाई अवैध लागूऔषध गाँजा ७ किलो ८ सय ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले सन्जुको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५० ट्याब्लेट र एनारगन ३ सय ५० ट्याब्लेट सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने १९ वर्षीया प्रिया तामाङ, सोही नगरपालिका-५ बस्ने १९ वर्षीय सुमित सुन्दास, २१ वर्षीय प्रविन चेम्जोङ र सोही नगरपालिका-१० सानो बाह्रघरे बस्ने २७ वर्षीय मनोज खनाल रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-५ लालबोझीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ७० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २५ वर्षीय मनोज चौधरी, २१ वर्षीय बिक्रम चौधरी, २८ वर्षीय हनुमान चौधरी र घोडाघोडी नगरपालिका-१२ बस्ने २१ वर्षीय बिशाल चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.३ प ९२६३ र ग.६ प ८३७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषैध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-६ बस्ने २६ वर्षीय धिरेन राई र २७ वर्षीय धिरज मगर रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, लहान नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुल सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ३० वर्षीय बोना भन्ने राम बाबु दास र ३१ वर्षीय राम उदगार पुर्वे रहेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले लु. ७३ प ५३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-१ खैरापुर बस्ने २२ वर्षीय किरण विक र १९ वर्षीय तारा बहादुर चुनी मगर रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतको बलइ गाउँबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१३ नयाँबसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनी बस्ने २८ वर्षीय तुलसीराम रसाईली र सोही नगरपालिका-७ बस्ने २३ वर्षीय बिजय अधिकारी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०३-२७

नुवाकोट, बिदुर नगरपालिका-१० सिमुटारबाट नियन्त्रित लागूऔषध सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिदुर नगरपालिका-९ कोलनी बस्ने २६ वर्षीय प्रोमेश श्रेष्ठ, २७ वर्षीय प्रदिप बिसुङ्खे र सोही नगरपालिका-१० गेर्खुटार बस्ने २४ वर्षीय बिशाल मग्राती रहेका छन् । अस्थायी प्रहरी पोष्ट सिमुटारबाट खटिएको प्रहरीले कोलनीबाट बेत्रावतीतर्फ जाँदै गरेको बा.८६ प ८८९२ नम्बरको स्कुटरमा सवार प्रोमेश र प्रदिपलाई डाईजेपाम ६ एम्पुल, नुर्फिन ६ एम्पुल र प्रोमेथाजाइन हाईड्रो क्लोराईड ६ एम्पुल तथा पैदलयात्री बिशाललाई ट्रामाडोल ६ सय ट्याब्लेट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-०३-२६

काठमाडौं महानगरपालिका-३२ पाल्पाकोट चोकबाट अवैध लागूऔषध पोलेन ४० किलोग्राम र नगद १ लाख २५ हजार रूपैयाँ सहित ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-४ घर भएका ३८ वर्षीय सुमन चेपाङ, काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने गजुरी गाउँपालिका-४ घर भएका ३६ वर्षीय जिवन प्रजा, धादिङ गजुरी गाउँपालिका-४ घर भएका १९ वर्षीय निराजन चेपाङ, १९ वर्षीय प्रकाश चेपाङ र २० वर्षीय शंकर चेपाङ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले सुमनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने २४ वर्षीय संजय कुमार खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरोको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनुसगर जस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित भारत बिहार किसनगंज सिंगीमारी पञ्चायत-५ बस्ने ६० वर्षीय गबरी साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ५० ग्राम सहित कनकाई नगरपालिका-१ दुर्गापुर बस्ने ३० वर्षीय पवन ऋषिदेवलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ तीन नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम  ८ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढिगंगा गाउँपालिका-३ बस्ने  ३७ वर्षीय बिन्दुराज महत्र र संखुवासभा धर्मदेवी नगरपालिका-३ बस्ने ३३ वर्षीय श्याम बहादुर पौडेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्चिम, सुनवल नगरपालिका-३ खैरेनी छटियाघाट पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ मिलिग्राम सहित सोही नगरपालिका-९ काशीपुर बस्ने २१ वर्षीय सुदिप चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, देवानगंज गाउँपालिका-२ यादव टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश यादव र सोही गाउँपालिका-७ बस्ने १९ वर्षीय धिरज यादव रहेका छन् । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले प्रकाशको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२ स्थित युकी मोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र डिकोलिक ९० ट्याब्लेट सहित धरान उपमहानगरपालिका-१५ घर भएका १९ वर्षीय मोहित राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी इटहरी उपमहानगरपालिका-२ बस्ने २२ वर्षीय अनिल मगरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २५ ट्याब्लेट, डिकोलिक ३० ट्याब्लेट र मोबाइल १ थान सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरको छ ।  कञ्चनपुर, बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-९ पिपरिया बस्ने २६ वर्षीय कृष्ण राना, २७ वर्षीय महेश राना र कैलाली धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने १८ वर्षीया किशोरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.२ प ८२३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, मलंगवा नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १७ ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका-८ बस्ने २७ वर्षीय विवेक चौलागाई र २६ वर्षीय लक्ष्मण बम्जन रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.६६ प १५७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो  ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०३-२५

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित शिवराज नगरपालिका-१ बनकसबासा बस्ने २२ वर्षीय सुमन चुदारोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट  खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, बर्दगोरिया गाउँपालिका-४ मुडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने ३४ वर्षीय अरूण बादीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   झापा, भद्रपुर नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५ ग्राम ८० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका-५ बस्ने ५५ वर्षीय नशरुदिन मिँया र भारत बिहार किशनगञ्ज घर भएका ३५ वर्षीय मनिसुर आलम रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएक प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, खजुरा गाउँपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय दुर्जन बर्मालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, खजुरा नगरपालिका-४ एफ गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१५ बस्ने २१ वर्षीय नागेन्द्र क्षेत्रीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, बेलबारी नगरपालिका-३ मिरमिरे चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो पदार्थ करिब १ ग्राम ६ मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय पुष्पा थापा र ३० वर्षीय बुद्दराज राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   चितवन, राप्ती नगरपालिका-१० स्वामीटारबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित मकवानपुर राक्सिराङ्ग गाउँपालिका-६ बस्ने २१ वर्षीय बादल प्रजालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले किरनटारबाट भण्डारातर्फ आउँदै गरेको ना.५८ प ४८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  रूकुम पश्चिम, मुसिकोट नगरपालिका-५ सेरीगाउँ डेरा गरी बस्ने सोही नगरपालिका-१० चुना बस्ने १९ वर्षीय देबराज बोहरालाई नियन्त्रित लागूऔषध नाईट्राजेपाम २२ ट्याब्लेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-६ मुनाल चोकस्थित एयर क्याफे होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-६ बस्ने २० वर्षीया रोसिता गिरी, सोही नगरपालिका-९ बस्ने २० वर्षीया रस्मिता राई, ईटहरी उपमहानगरपालिका-३ बस्ने २२ वर्षीय समित राई र सोही उपमहानगरपालिका-५ बस्ने २० वर्षीय प्रसाङ ढकाल रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-३ बस्ने ३० वर्षीय ललित जोशीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।