नेपाल प्रहरीको पुरूष हक्की टिम सेमिफाइनल प्रवेश
२०७९-०६-३१
- A
- A-
- A+
कास्की, पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत सोमबार भएको पुरूष हक्की खेलमा नेपाल पुलिस क्लबले समूह चरणको अन्तिम खेलमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरास्थित गौरीशंकर खेल मैदान ह्याम्जामा भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ८-० गोल अन्तरले पराजित गरेको हो । नेपाल पुलिस क्लबको लागि केशवराज जोशीले ३, महेश धामी र शशी दर्लामीले समान २ तथा गणेश सिंह ठगुन्नाले १ गोल गरेका थिए ।
जितसँगै समूहमा 'बि' मा ९ अंक सहित समूह विजेता बन्दै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको हो । नेपाल पुलिस क्लबले समूह 'ए' को उपविजेता सँग कात्तिक २ गते सेमिफाइनल खेल खेल्नेछ ।