प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

२०८०-०१-२०

  • A
  • A-
  • A+
Share

मकवानपुर, कैलाश गाउँपालिका-४ कटुन्जेबाट अवैध लागूऔषध गाँजा ५ सय ११ किलो ९ सय ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३८ वर्षीय उत्तम रिजाल र ४२ वर्षीय राधाकृष्ण रिजाल रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उत्तम रिजालको घरबाट ६ वटा बोरामा रहेको १ सय ८४ किलो १ सय ग्राम गाँजा, नगद ५५ हजार ३ सय ६५ रूपैयाँ तथा राधाकृष्ण रिजालको घरबाट १२ वटा बोरामा रहेको ३ सय २७ किलो ८ सय ग्राम गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७१ मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका-३ बस्ने २२ वर्षीय निमेश राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ५ सय ग्रामसहित सोही महानगरपालिका-१८ शितल बस्ती बस्ने २५ वर्षीय बसन्त सुबेदीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ८७१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

बर्दिया, गुलरिया नगरपालिका-११ स्थित हुलाकी सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-३ भग्रैया बस्ने ३० वर्षीय रोजन पुरी र सोही नगरपालिका-२ ओराली बस्ने २१ वर्षीय अबिनाश नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गणेशपुरबाट गुलरियातर्फ जाँदै गरेको ना.२८ प ९२८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय तरूण जोशी समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई उक्त ब्राउनसुगसहित फेला पारी पक्राउ गरेको  हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ बैशाखापुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पर्दाथ ४९ मिलिग्रामसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-२ तेघरी बस्ने २७ वर्षीय अजय सोप, कञ्चनपुर लालझाडी गाउँपालिका-४ जाई बस्ने २३ वर्षीय प्रकाश नाथ र सोही ठाउँ बस्ने २३ वर्षीय दिपेन्द्र साउँद रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेको म.२ प ४३६४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १२ जना पक्राउ
२०८०-०२-२२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गा चेक प्वाईन्टबाट अवैध लागूऔषध  चरेश जस्तो देखिने पदार्थ ७ सय ८०  ग्राम र गाँजा ७० ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट बेलकोट गाउँपालिका-९ बस्ने ३८ वर्षीय उत्सब सापकोटा र कैलाली धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने २० वर्षीय मोहित सोडारी रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले प्र.०३-०१-०२३ च ०७३० नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । पर्सा, जिराभवानी गाउँपालिका-१ वरीया खोलाबाट अवैध लागूऔषध अवैध लागूऔषध गाँजा करिब ७ केजीसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीले प्रदेश-०३००५ प ४४२९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । भोजपुर, भोजपुर नगरपालिका घर भई हाल टेम्केमैयुङ गाउँपालिका-३ डेरा गरी बस्ने ३८ वर्षीय सन्तोष बराईलीलाई अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ७० मिलिग्रामसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा लागू औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर र ईलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधहित पक्राउ गरेको हो ।  मोरङ, सुन्दरहरैचा नगरपालिका-७ गोठगाँउस्थित आयल मोसा ग्यारेजबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ९ ग्राम ५० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ग्यारेज संचालक सोही नगरपालिका-९ सलकपुर बस्ने २६ वर्षीय महमद ईस्लाम र  सोही नगरपालिका-७ बस्ने २५ वर्षीय महेश ठाकुर रहेका छन् । ग्यारेजमा लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । सर्लाही, लालबन्दी नगरपालिका-१ पलार टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ केजीसहित सर्लाही पर्सा गाउँपालिका-५ बस्ने २० वर्षीय जयराम यादबलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले पीबी ६७-बी २४१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कस्थित मेमेङ होटल एण्ड लजको कोठा नम्बर १०१ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ करिब ३६ ग्राम ३ सय ४० मिलिग्राम र नगद २ हजार ५ सय ३० रुपैयाँसहित अर्जुनधारा नगरपालिका-१० चुथाई बस्ने ३० वर्षीय बिक्रम लिम्बुसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सो होटलमा लागू औषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  इलाम, सूर्योदय नगरपालिका-८ छिपिटारबट अवैध लागूऔषध खैरो हेरोइन १९ ग्राम ३ सय ३० मिलिग्रामसहित इलाम नगरपालिका-९ गोल बस्ती बस्ने २७ वर्षीय रोशन खवाससहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले प्र-१-०२-०४१ प ३४१७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

राजश्व छलि ल्याउँदै गरेका सामानसहित दुई जना पक्राउ
२०८०-०२-२२

ललितपुर, ललितपुर महानगरपालिका-२६ चिवहालबाट राजश्व छलि ल्याउँदै गरेका करिब २० लाख ७३ हजार ५ सय ९० रूपैयाँ बराबरको विभिन्न अवैध सामानसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-१४ डुम्बरवाना बस्ने ३४ वर्षीय दिपक प्रसाद लामिछाने र भारत बिहार राज्य मोतिहारी छतौनी ग्राम पञ्चायत-११ बस्ने २८ वर्षीय सचिन कुमार चौरासिया रहेका छन् । प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले बागमती प्रदेश ०१-०२६ च ८९८० नम्बरको गाडीलाई जाँच गर्ने क्रममा बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु र कत्था गरी उक्त रुपैयाँ बराबरको सामान, अन्य ब्यक्तिको नामको म्याद गुज्रिएको प्रेस पास ३ थान र उक्त गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन पुल्चोक पठाइएको छ ।

अनलाइनको माध्यबाट यौन दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२२

काठमाडौं, सामाजिक सञ्जालको माध्यबाट यौन दुर्व्यवहार गरेको अभियोगमा जुम्ला तिला गाउँपालिका-९ रासा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेश कुमार राउतलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल टिकटकमार्फत पीडित महिलासँग साथी बनी कुराकानी गर्ने क्रममा सामाजिक संजालका विभिन्न प्लेटफमहरूमा साथी बनाई संवाद गर्ने क्रममा अनलाइन माध्यमद्वारा यौन दुर्व्यवहार गरी स्क्रीन रेकर्डसमेत गरेर पटक-पटक भेट्न बोलाउने र बोलाएको स्थानमा भेट्न नजाँदा फेक आईडीमार्फत अश्लील क्याप्सन राखी, अश्लील भिडियो तथा तस्विर पोष्ट गरी दुःख हैरानी तथा चरित्रहत्या गरेको खुल्न आएपछि उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा साइबर व्यूरोबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।