अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-११
- A
- A-
- A+
झापा, बिर्तामोड नगरपालिका-५ एकता टोलबाट ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद २४ हजार ७ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २० वर्षीय अभिषेक शर्मा र २२ वर्षीय शुसील लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट ८ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दाङ लमही नगरपालिका-४ अर्नवा बस्ने २३ वर्षीय किरण कुमाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
सिरहा, धनगढीमाई नगरपालिका-१४ हातिढुङ्गाबाट करिब ३५ केजी अवैध लागूऔषध गाँजासहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-१ मुक्सार बस्ने ३० वर्षीय चखु सदाय र २९ वर्षीय रामसागर साह रहेका छन् । ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको स.३ प ७७९९ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।