प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल र भरूवा बन्दुक सहित पक्राउ

२०८१-११-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ भाड गाउँ डेरा गरी बस्ने काठमाडौं महानगरपालिका-२० घर भएका ३३ वर्षीय सुदन जोशीलाई पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १० राउण्ड, अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले सुदनको कोठा तलासी गर्दा उक्त पेस्तोल र लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुर, कृष्णपुर नगरपालिका-१ निगाली बस्ने ६२ वर्षीय नर बहादुर बुढालाई भरूवा बन्दुक १ थान, केप ६६ थान र बारूद सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पहरियाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित बिशाल सामुदायिक जंगलतर्फ जाँदै गरेका उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार