जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०१-०३
- A
- A-
- A+
धनकुटा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ गुठ बस्ने ४२ वर्षीय धन बहादुर गिरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।