जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-०६
- A
- A-
- A+
पर्वत, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोदी गाउँपालिका-८ चित्रे बस्ने २१ वर्षीय समिर परियारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
समिरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।