जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-०५
- A
- A-
- A+
कैलाली, १४ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-३ कटानपुर बस्ने २१ वर्षीय राहुल चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राहुलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।