अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०७९-०५-३१
- A
- A-
- A+
सर्लाही, लालबन्दी नगरपालिका-१ स्थित सडकबाट ५ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका-१२ बस्ने ४१ वर्षीय बिनोद महरा र ४२ वर्षीय राजाराम कापर रहेका छन् । प्र.२-०२-००५ प २२०६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।