१५ जना प्रहरी कर्मचारीलाई आधारभूत डिजिटल फोटोग्राफी तालिम प्रदान
२०८१-०३-१७
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय फोटोग्राफी शाखाले १५ जना प्रहरी कर्मचारीहरुलाई आधारभूत डिजिटल फोटोग्राफी तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो शाखामा संचालित तेस्रो समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी सह-प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सोमबार आयोजित तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । साथै उहाँले तालिममा प्राप्त सैद्वान्तिक एवम् व्यवहारिक ज्ञानको आ-आफ्नो कार्यक्षेत्रमा उच्चतम प्रयोग गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्चला श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ ६ गतेदेखि संचालित ३५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक २, प्रहरी सहायक हवल्दार १ जना र प्रहरी जवान १२ जना गरी कुल १५ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।