प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियगोमा पक्राउ

२०८३-०१-३०

  • A
  • A-
  • A+
Share

बर्दिया, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका-६ गणतन्त्र टोल बस्ने २८  वर्षीय सुशिल सुनारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुशिलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

रोल्पा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनिलस्मृति गाउँपालिका-१ घोडागाउँ बस्ने ३६ वर्षीय राजु केसीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

सोलुखुम्बु, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महाकुलुङ गाउँपालिका-५ गुदेल बस्ने ३२ वर्षीय रसान्त कुलुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रसान्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा ६ जना पक्राउ
२०८३-०४-११

उदयपुर, १६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका-४ डाँडा टोल बस्ने ३४ वर्षीय तोयाहाङ राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तोयाहाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  मोरङ, १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनवर्षी नगरपालिका-९ बस्ने २१ वर्षीय सुमन कुमार साह समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।