जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८२-०५-२१
- A
- A-
- A+
दाङ, घोराही उपमहानगरपालिका-१४ दामोदर चोकस्थित द ब्ल्याक क्याप रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा बस्ने ३४ वर्षीय हिमराज खड्का समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार ९ सय ४० रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।