जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०३-१४
- A
- A-
- A+
रूपन्देही, १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेवी गाउँपालिका-१ अहिरौली बस्ने २३ वर्षीय दुर्गेश चमारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चमारले ती किशोरीलाई आफ्नो घरमा लगी गएराति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।