अवैध लागूऔषध सहित पक्राउ
२०७८-११-३०
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-७ कालोपुल डेरा गरी बस्ने झापा घर भएका ३१ वर्षीय बिरेन कपाली र ईलाम घर भएकी ३९ वर्षीया सपना तामाङलाई करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरुको कोठामा जाँच गर्ने क्रममा उक्त गाँजा लुकाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाट भन्ने स्थानबाट करिब १ ग्राम ६ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद १ लाख ५ हजार रुपैयाँ सहित सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-९ बस्ने ३८ वर्षीय सन्दिप खड्का समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।