प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल र गोली सहित एक जना पक्राउ

२०८२-०५-२४

  • A
  • A-
  • A+
Share

पर्सा, वीरगंज महानगरपालिका-१६ बाट होममेड सिक्सर पेस्तोल १ थान, गोली ३ राउण्ड र खोका १ थान सहित भारत झारखण्ड पाकु ग्राम पंचायत मालपाहारी बस्ने २७ वर्षीय प्रदिप शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँस्थित खाजा पसलमा प्रदिपले १८ वर्षीया किशोरीलाई गोली प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित पक्राउ गरेको   हो । साथै गोली प्रहारबाट घाइते भएकी किशोरीको एनएमसी अस्पताल वीरगंजमा उपचार भइरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
हतियार सहित पक्राउ
२०८२-०७-२२

काठमाडौं महानगरपालिका-३२ सहयोगीनगर बस्ने कैलाली घर भएका २१ वर्षीय मनोज ढुंगानालाई ग्याँस गन १ थान सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मनोजले आफ्नो कोठामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएको हतियार तथा गोली गट्ठाहरू लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ग्याँस गन, मोबाइल १ थान र भिड नियन्त्रणमा प्रयोग हुने लेग गर्ड १ थान फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

भरूवा बन्दुक सहित पक्राउ
२०८२-०७-०१

मकवानपुर, मनहरी गाउँपालिका-६ हाङ्गलम बस्ने ४७ वर्षीय गोपीराम प्रजालाई भरूवा बन्दुक २ थान, अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम र जनावरको जस्तो देखिने हड्डीको टुक्रा ९ थान सहित गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिकै करेसा बारीमा रहेको कर्कलो घारीमा लुकाई छिपाई राखेको उक्त बन्दुक तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो । हुम्ला, सिमकोट गाउँपालिका-७ चुकेडी भिर भन्ने स्थानबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू सोही गाउँपालिका-७ डाँडाफाया बस्ने ६८ वर्षीय अंग बहादुर शाही र ६३ वर्षीय लोक बहादुर शाही रहेका छन् । इलाका प्रहरी कार्यालय मुचुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।