डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-३०
- A
- A-
- A+
काठमाडौं, डाँका चोरी मुद्दाका फरार प्रतिवादी दोलखा शैलुङ गाउँपालिका-८ घर भएका ४४ वर्षीय सुनिल श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा नख्खु कारागार ललितपुरमा ५ वर्ष कैद सजाय भुक्तान गरिरहेको अवस्थामा २०८२ भदौ २४ गतेको आन्दोलनको क्रममा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंबाट खटिएको प्रहरीले सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-९ मुढेबाट पक्राउ गरेको हो ।
उनलाई कैद भुक्तानको लागि नख्खु कारागार ललितपुर पठाइएको छ ।