प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

२०८१-०४-१४

  • A
  • A-
  • A+
Share

झापा, बुद्धशान्ति गाउँपालिका-४ सट्टाभर्ना बस्ने २५ वर्षीय सम्बर राई र उनकै भाइ २३ वर्षीय सुरेन्द्र राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ३० मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह भन्सार चेक प्वाइन्ट नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्राम सहित सुर्खेत गुर्भाकोट नगरपालिका-६ बस्ने २९ वर्षीय प्रकाश केसीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भे.७ प ६६८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सिराहा, बरियारपट्टी गाउँपालिका-३ हुलाकी सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३ ग्राम सहित गोलबजार नगरपालिका-६ बस्ने २४ वर्षीय विनय सिंह र भारत घर भएका ३४ वर्षीय रोशन कुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरीले मधेश प्रदेश ०१- ००४ प ९९८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, ईनरुवा नगरपालिका-९ बबिया चोकबाट अवैध लागूऔषध गाँजा १ सय १५ किलो ७ ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँघुरिगढी गाउँपालिका-१ बस्ने ३२ वर्षीय राम कुमार राई र २२ वर्षीय बुद्ध लिम्बु रहेका छन् । गाँजा बोकेको प्रदेश १-०२-००२ च ६८८३ नम्बरको टाटा सफारी गाडी सशस्त्र प्रहरी बल नेपाल सुनसरीबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले गाडीबाट ११ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक राम कुमार र गाडीमा सवार बुद्धलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-०२-०७

काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४० एम्पुल, नुर्फिन ४० एम्पुल, फेनारगन ४० एम्पुल, मोबाइल ७ थान र नगद २३ हजार २ सय रूपैयाँ सहित काठमाडौं बल्खु डेरा गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-१ घर भएका २१ वर्षीय सन्जोक लिम्बु समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले लिम्बुको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-९ कर्मैनीस्थित धर्मशालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४६ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४८ वर्षीय सुरेन्द्र प्रसाद हरिजनलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी र प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटा चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ३७ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट गाउँपालिका-१ खलङ्गा बस्ने २४ वर्षीय नबिन नेपाली र रूकुम पूर्व सिस्ने गाउँपालिका-५ कमलदह बस्ने १९ वर्षीय शिसिर गौतम रहेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१ बाराकुण्डा बस्ने २२ वर्षीय लाल सिंह कार्कीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ सत्यनारायण चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय धिरन विकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी विट लाटिकोइलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-७ बस्ने ३२ वर्षीय जित प्रसाद सापकोटालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय १० मिलिग्राम सहित महोत्तरी बर्दिबास नगरपालिका-४ बस्ने २२ वर्षीय रबिन विश्वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, धनकुटा नगरपालिका-७ त्रिवेणी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पासपेन १० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाँउ बस्ने २५ वर्षीय अभिषेक लिम्बु र सोही नगरपालिका-७ जिरोप्वाईन्ट बस्ने १९ वर्षीय सागर सहनी रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अभिषेकको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-५ हरिपुर टोल बस्ने ३६ वर्षीय शम्भु प्रसाद सुमनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उनकै घर अगाडि हिडिरहेको अवस्थामा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-२ बालुवाटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ५० मिलिग्राम र नगद ४३ हजार ८० रूपैयाँ सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३८ वर्षीय चन्दन राजबंशी र २५ वर्षीय सुनिल राजबंशी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।   चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ एम्पुल, नुर्फिन ७ एम्पुल, फेनारगन ५ एम्पुल, एनारगन ३ एम्पुल, ट्रामाडोल २ ट्याब्लेट र नगद १ लाख ९ हजार रूपैयाँ सहित सोही महानगरपालिका-१६ मंगलपुर बस्ने ३० वर्षीय सुनिल सुनारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, माछापुच्छ्रे गाउँपालिका-८ घट्टेखोलाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ४६ एम्पुल, डाइजेपाम ४१ एम्पुल र फेनारगन ४६ एम्पुल सहित सोही गाउँपालिका-८ धम्पुस बस्ने ४२ वर्षीय युवराज गुरूङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय समिर बेहेना र ३१ वर्षीय जुमाई सिद्दिकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय कबिर शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०२-०७

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ट्याब्लेट सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ बस्ने २२ वर्षीय दोर्जे थिङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३१४२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको   हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित राक्सिराङ गाउँपालिका-७ बस्ने ४० वर्षीय रामकृष्ण प्रजालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ आउँदै गरेको बा.४ ख ५९३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-३ कामाटोली गोपीचोक बस्ने ५१ वर्षीया देखन राजबंशी माझीलाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । लमजुङ, सुन्दरबजार नगरपालिका-८ बलीथुम बस्ने २४ वर्षीय बिशाल परियारलाई अवैध लागूऔषध गाँजा ५ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट, फेनारगन १० एम्पुल, सिरिज्याक १० एम्पुल र आईपिपिएल १० एम्पुल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०२-०६

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ४ किलो ६ सय ४० ग्राम सहित भारतीय नागरिक ४२ वर्षीय रामु यादव सोमबार राति पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ खजहना चिल्ड्रेनपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने २० वर्षीय राहुल हरिजनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवटबाट अवैध लागूऔषध गाँजा करिब १३ किलोग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीय प्रताप सिंह मोक्तानलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.६३ प २५६१ नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-११ बस्ने ३४ वर्षीय चन्द्र बहादुर गन्धर्व र २७ वर्षीय सौरभ टमटा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट, नाइट्राभेट ७० ट्याब्लेट र मोबाइल १ थान सहित जुम्ला चन्दननाथ नगरपालिका-१० बस्ने २१ वर्षीय आशिष न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी बाँके, बैजनाथ गाउँपालिका-२ डिगियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय बिरेन्द्र थारूलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटुवा नौवस्ताबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनुषा, मिथिला नगरपालिका-६ ढल्केबर बस्ने ६८ वर्षीय खिचडी बाबा भन्ने राम कुमार महतोलाई अवैध लागूऔषध गाँजा करिब २७ किलोग्राम, चरेश ३ सय ग्राम, २८ हजार ५ सय नेपाली रूपैयाँ, ११ हजार १ सय भारतीय रूपैयाँ र तराजु २ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट नियन्त्रित लागूऔषध लुपिजेसिक १५ एम्पुल, एभिल १५ एम्पुल, डाइजेपाम १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ३८ वर्षीय जिबन राई र सोही उपमहानगरपालिका-५ बस्ने ४२ वर्षीय अर्जुन तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्राम सहित  धनकुटा चौबिसे गाउँपालिका-३ बस्ने ४५ वर्षीय गजेन्द्र कुमार याखालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को.३७ प ८०२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सर्लाही, पर्सा गाउँपालिका-६ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार २ सय ३० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्रह्मपुरी गाउँपालिका-६ बस्ने १९ वर्षीय रबि कुमार यादव र २२ वर्षीय राहुल कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३०-७०१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ सय २३ किलो गाँजा सहित सर्लाही र बाँकेबाट चार जना पक्राउ
२०८२-०२-०६

सर्लाही, लालबन्दी नगरपालिका-१४ स्थित डाइनी खोलाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १ सय १२ किलोग्राम सहित सोही नगरपालिका-१४ बस्ने ४२ वर्षीय सोम बहादुर तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले डाइनी खोलामा रोकी राखेको बिआर ३२ एएन ०८१७ नम्बरको स्कारपियो र लु.३३ प ३८९४ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा प्रहरी टोलीलाई देख्नासाथ ३ जना फरार भएको र सोम बहादुरलाई नियन्त्रणमा लिई स्कारपियो तलासी गर्दा डिकी भित्र प्लाष्टिकमा प्याकिङ्ग गरी राखेको २१ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो । बाँके, डुडुवा गाउँपालिका-४ लालापुर्वाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ११ किलोग्राम सहित नेपालगंज उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय दिपेश चौरासिया समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

करिब १ सय ७२ किलो गाँजाको दाना सहित दुई जना पक्राउ
२०८२-०२-०५

मकवानपुर, भीमफेदी गाउँपालिका-१ खोप्लाङखोलाबाट अवैध लागूऔषध गाँजाको दाना करिब १ सय ७२ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-८ सिमपानी बस्ने २५ वर्षीय प्रदिप मोक्तान र मकवानपुरगढी गाउँपालिका-५ धादिङ बस्ने २५ वर्षीय समुद्र दाहाल रहेका छन् । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३ च ३४९६ नम्बरको कारलाई जाँच गर्ने क्रममा ४ वटा बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजाको दाना फेला पारी कार चालक प्रदिप र कारमा सवार समुद्रलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।