अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०५-३१
- A
- A-
- A+
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाको टनेल गेटबाट गाँजा जस्तो देखिने बस्तु १० किलो ९ सय १५ ग्राम सहित २ जना भारतीय नागरिकहरू मंगलबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३९ वर्षीय PANDARAPARAMBIL KHANI FAIZAL र २६ वर्षीय EDATHUMKUNNEL RAHEEM SHEHEEM रहेका छन् । थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्दा उनीहरूको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१३ सिसहानियाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४८ एम्पुल, बुप्रेनोर्फिन ४८ एम्पुल र प्रोमेथाजाइन ४८ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-१० हस्पिटल चोक बस्ने २५ वर्षीय आशिष खत्रीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।