झुट्ठा बहाना बनाई अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०७९-११-०५
- A
- A-
- A+
काठमाडौं, झुट्ठा बहाना बनाई अनलाई मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा भद्रपुर नगरपालिका-१० चन्द्रगढी लेखनाथचोक घर भई काठमाडौं महानगरपालिका-२२ खिचापोखरी बस्ने ३२ वर्षीया दिपाञ्जली थापा भन्ने उषा कार्की र चितवन कालिका नगरपालिका-४ की २० वर्षीया निकिता सुवेदी रहेका छन् ।
पिडितको मोबाईल नम्बरमा फोन सम्पर्क गरी उच्च पदस्थ कर्मचारीको छोरी हुँ भनी काठमाडौं बाँसबारीमा घर रहेको साथै यूनिभर्सिटिबाट एमबिबिस टपर डाक्टर हुँ भनी बताएको र हाल बिद्यालय सम्बन्धी शैक्षिक कार्यक्रम लगायत बिद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण गर्ने काम गर्छु भन्दै पिडितसँग झुट्ठा बहाना बनाई पीडितको साथी बनेर पिडितलाई ई-सेवा वालेटमा रकम पठाउन लगाई अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।